काठमाडौँ, २२ भदौ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले हिन्दू नारीहरुको महान पर्व तीजलाई लक्षित गरेर महिलाहरुलाई उपचारमा सहुलियतको व्यवस्था गरेको छ ।
काठमाडौँको धापासीमा विस २०६९ मा स्थापना भएको ग्राण्डीले तीज पर्वको अवसर पारेर उपचारमा विशेष सहुलियको व्यवस्था सार्वजनिक गरेको हो ।
ग्राण्डीले रु चार हजार ३०० मा महिलाको ओपिडि, सुगर जाँच, हेमोग्लोविनको मात्रा हेर्ने, थाइराईड जाँच, पेटको अल्टासाउण्ड, कलेजोसम्बन्धि जाँच, पाठेघरको पानी निकालेर गरिने जाँचलगायतका सेवा प्रदान गर्न लागेको हो ।
अस्पतालकी उप–महाप्रबन्धक अर्चना प्रधानले महिलाहरुको पर्व तीजलाई लक्षित गरेर ग्राण्डीले चेकजाँचमा सहुलियतको व्यवस्था गर्न लागेको जानकारी दिनुभयो । “माथि उल्लेखित सेवा लिएर मेमोग्राफी गर्न चाहने महिलालाई मेमोग्राफीमा समेत ५० प्रतिशत सहुलियतको व्यवस्था गरेका छौँ,”– उहाँले भन्नुभयो ।
उक्त सेवा सेप्टेम्बर १ देखि सुरु गरी सेप्टेम्बरको अन्त्यसम्म लागू गरिने उक्त अस्पतालले जनाएको छ ।