बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचनसुष्मा र अस्मिता सेमिफाइनलमाच्याम्पियनसीप एमेच्योर सदभावलाई उपाधिनेपाल भलिबल संघ र केल्मीबीच तीन वर्षका लागि नयाँ सम्झौताराष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणाजनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले विशाल जनप्रदर्शन गर्नेग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राममा सानोभर्याङ ठुलोभर्याङ इकाई विजयीआज चैत १६ गते शुक्रबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफलसंचारकर्मी रिजाल सक्रिय राजनीतिमामहिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

पछिल्लो २४ घण्टामा देशैभरी १६७७ जनामा कोरोना संक्रमण पुष्टि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ भाद्र २२ गते, मंगलवार १८:४२

२२ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी १६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको १५,०३४ वटा नमुना परीक्षणमा देशैभरी १,५०३४ जनामा संक्रमण पुष्टि भएको छ ।

आज काठमाडौं ३६४, भक्तपुरमा ६६ र ललितपुरमा ८९ जना गरी उपत्यकामा आज ५१९ जना संक्रमित थपिएका छन् । उपत्यकामा आज संक्रमितको संख्या केही घटेको छ ।

आज थपिएका १६७७ संक्रमितसँगै देशमा हालसम्म ८ लाख ५७ हजार ८९५ जना संक्रमित भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २०७२ जना निको भएका छन् । आज निको भएका २०७२ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ३१ हजार पुगेको छ ।

त्यस्तै आज देशैभरी २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका २१ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ८७९ पुगेको छ ।

नेपालमा हाल ३० हजार ३०३ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये २८ हजार ३१४ जना होम आइसोलेशन र ८९९८ जना संस्थागत आइसोलेशन सेन्टरमा रहेका छन् ।

हाल देशका विभिन्न अस्पतालका आइसीयुमा ५१४ र भेन्टिलेटरमा १५४ जनाको उपचार भइरहेको स्वास्थ्यमन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

नेपालमा हालसम्म पिसीआर र ऐन्टिजेन गरी ४४ लाख ७६ हजार ८६९ नमुना परीक्षण गरिएको छ । साथै नेपालमा हालसम्म ५६ लाख ३ हजार ७७५ जनाले पहिलो मात्रा र ५० लाख १२ हजार ८२१ जनाले पूर्णमात्राको खोप लगाइसकेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा ८० हजार ४०० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु