श्रुति श्रेष्ठकोे नेतृत्वमा फोटो पत्रकार क्लबको नयाँ कार्यसमिती चयनपछिल्लो २४ घण्टामा ९५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि‘भारत प्रवासमा रहेका नेपाली नागरिकहरूलाई निर्वाचनमा मताधिकार दिनबाट वञ्चित नगरियोस’ भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रधानमन्त्री देउवालाई बुझायो १२ बुँदे ज्ञापनपत्रIn honor of graduated Nepalese Embassy of Pakistan organized an Alumniनेपाल चेम्बर र महिला चेम्बरबाट सिनेटर अधिकारी र आयोग सदस्य ताम्राकार सम्मानितबागमती च्याम्पियनहिमाली जिल्लामा दसैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णयचर्चित गायक प्रकाश कटुवालको शब्द एवम् संगित रहेको "सुन्तली" नामक गित सार्वजनिकमलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउनेनेकपा एमाले केन्द्रीय कमिटी बैठक आज

११ जेष्ठ नागरिक सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलवार १९:३५

काठमाडौं।हिन्दुधर्मालम्बीहरूले भाद्र कृष्ण औंसीका दिन मनाउने बाबुको मुख हेर्ने दिनको अवसर पारेर ११ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवी र जेष्ठ नागरिक चाैतारी, बिशाल मिलन केन्द्रको सयुत्त आयोजनामा टुँडालदेवी मन्दिर परिसरमा मंगलबार बिगतको योगदान उच्च कदर गदै जेष्ठ नागरिक हरूलाई अतिथिहरूले टीका,खादा,टोपी,माक्र्स,दोसल्ला र च्यवनप्राश सहित बिशेश सम्मान गरेको छन।

जेष्ठ नागरिक सम्मान कार्यक्रममा महानगरीय प्रहरीवृत्त मालीगाउँका प्रहरी नायव उपरीक्षक मीन बहादुर कुँवर सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष राम प्रसाद न्याैपाने सचिव सचिव मीन प्रसाद पौडयाल,विशाल मिलन केन्द्र अध्यक्ष हरि प्रसाद अधिकारी वडा सदस्य दिनेश महर्जन लगाएतका अतिथिहरूको उपस्थिति रहेको थियो।

अतिथिहरूले कार्यक्रममा जेष्ठ नागरिकलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्नेमा जोड दिँदै एक दिन मात्रै नभएर जेष्ठ नागरिकलाई सधैं सम्मान गर्नुपर्नेमा जोड दिए।आफूले अरुको सम्मान गर्न सकेमा त्यही संस्कार आफूमा लागू हुने भन्दै जेष्ठ नागरिकलाई एक दिन मात्रै नभई सधैं सम्मान गर्नुपर्ने भनाइ हरू राखेका थिए।

टुँडालदेवी सामुदायिक प्रहरी सेवा केन्द्रका ईन्चार्ज कल्पना थापाले बिशेश सहजकर्ताको भुमिका निर्वाह गरेकी थिइन भने श्रीधर जोशीले कार्यक्रम संचालन र डिल्ली बिक्रम बस्नेतबाट समापन गरिएको थियोे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु