तिजको रौनक बदलिए को दरखाने परिपाटी र ढकनी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार ०८:१६

बरिष्ठ सेफ लक्ष्मन प्रसाद भण्डारी

संस्कृतिबाट बिमुख हुदै गैरहेको हाम्रा चाडवाड आधुनिकताको नाम मा बिकृति घुसाउदै छाडा बनेको सर्वबिदितै छ । कता गए ति विरहका गीतहरु, ति हातका थपडिहरु अनि ति मजुरा, ति खैजंडी रु घरमा फुपू दिदि, दिदि बहिनिको त्यो रौनक सबै हराए । हाम्रो संस्कृती हामीहरुले नै हो जोगाउने, अरु कोही आएर जोगाउनेवाला छैन । संस्कृतीलाई कसरी कुन बाटोमा लैजाने भन्ने कुरा समाजको हुन्छ तर त्यो समग्र सवै कुरालाई सहि तरिकाले अगाडी लैजाने कुरा नेपाली भएको नाताले एक एक तपाई हामी को पनि हो । हरेक कुरा समयसँगै परिमार्जन हुन जरुरी पनि छ । तर, परिमार्जनको सिलसिलामा आफ्नो बिषयबस्तु को मूल्य मान्यता नै बिचलित हुने गरि परिमार्जन गर्नु कतिको जायज हो रु तिज गित दोहोरी जस्ता हुन थाले जहाँ मौलीक लय नै छैन न त शब्द नै छन । सासू ससुरा, लोग्ने र घर परिवारका अन्य सदस्यले गरेको दमन र पिडाका रोदनहरु , श्रीमानले किनिदेको सारीको कुरा, धेरै छोरी भएर दुख पाएको कुराहरु उतिबेलाको तिज गितमा झल्किने गर्थे । अनि यस्तै यस्तै गितहरु आज पनि उत्तिकै कर्णप्रिय छन ।

जस्तै :

कहाँमा जान्छौं रानी चरी वगाल ?
वरिलै भगवानलाई भेटन ।
भगवानलाई भेटदा के के पाहुर ल्याउँछौं वरिलै । फुलपाती अछेती ।।
दैलो मुनीको कागतीको विरुवा,
रिमीझिमी पानीमा सारौं वरिलै ।
तिम्रो हाम्रो मायाँ प्रेम वस्यो,
धिरे धिरे मायाँ मारम वरिलै ।
यसपालिको तिजमा दाजै लिन आएनन ,
अग्लो डांडा हेरि हेरि रोए बरिलै ।

जस्ता गित कता हराए र ? कता हराए ति अरु पुराना भाका र पुरानो दर खाने परम्परा ? तिजका लय समेटिएका शब्दहरु ।

दाजु तिजमा लिन नआएको बियोगान्तमा गाइन्थ्यो ।

‘’’ससुरा ले भन्नु हुन्छ दाइजो थोरै ल्याएकि हुन, सासुले भन्नु हुन्छ दाइजो ल्याइनिन ।

वर्ष दिनको तिजमा बाबा लिन आउदा ,
यो घरको चटारोले जान पाइन ।
वर्षा दिनका तिज मा दाजै लिन आउँदा,
यो घरको चटारोले जान पाइन ।

यी कर्णप्रिय गितहरु हामीले विर्सदै गएका छौं, यो पटक्कै ठिक हैन । समय बदलियो र समयसँगै महिलाको जिउने जीवन शैली वदलियो होला । शोषण र दासता हट्दै गए होलान्, महिला अघि बढ्दै गए होलान । महिलामा आधुनिकता छायो होला तर आधुनिकताको नाउमा तिजको रौनकलाई उत्तिकै उत्ताउलो र तडक भडक बनाउनु कत्तिको उचित हो । माया प्रेमका कुरा लाने र ल्याउने कुरा भाग्ने भगाउने कुराहरु तिज गितमा गाएको सुन्दा लाग्छ अब तिजमा गाउनका लागि शब्द नै सकिए ।

हुन त अहिले तिजलाई पार्टि प्यालेस,होटल तथा रेस्टुरेण्ट हरुमा मनाउने प्रचलन भएको छ । यो संस्कृतीको जगेर्ना गर्ने भन्दा पनि संस्कृती विग्रने स्थिती होइन र ? तिजको नाममा ड्रिंक्स पार्टि, वाइन पार्टी तडक भडक वढि भयो ।

दर भनेको त सुद्ध साकाहारी ढकनी ,घिरौंला, बोडी तथा तामाको तरकारीहरू, काक्राको अचार,अनदीको खाजा लगायत खाएर मनाइने परम्परा हो । दर भनेको तीजको अघिल्लो दिन परिवारका महिला सदस्यहरूले खाने मीठो मिठो परिकार हो ।

दरका रूपमा चौरासी व्यञ्जन तयार गरिन्छ । तर पनि ढकनीलाई दरबाट हटाउने हो भने त्यो दर हुनै सक्दैन । किनभने संस्कृति भनेको परम्परा हो र यसलाई संरक्षण गर्नुपर्छ । त्यस कारण ढकनीलाई दरमा समावेश गर्न नबिर्सौं ।
चेली बेटी बोलाई नाच गान गर्दै राति १२ बजे सम्म खाँदै रमाइलो गरौ । ढकनी बनाऊ दर खाऊ तिजमा रमाउ ।

१० – ११ जनाको लागि
ढकनी बनाउन चाहिने सामग्रीहरू:-

चामल १ किलो आधा घण्टा भिजाउने र पानि तारी सुख्खा बनाउने

घ्यू ३०० ग्राम,
दुध ६ लिटर
चिनी ४०० ग्राम ।
ड्राईफ्रुट्स काजु ,बदाम ,किसमिस,छुवारा २५० ग्राम ।
ल्वाङ, सुकमेल, मरिच, अलैंची र जाइफल को धूलो ५० ग्राम ।

बनाउने तरिका :-

कसौडीमा घ्यू तताउने । तताइएको घ्यूमा भिजाएको चामल हालेर सानो आँचमा भुट्ने । खैरो भएपछि एकछिन सेलाउन दिने । सेलाएपछि उमालेको दूध राखी सानो आँचमा पकाउने ।

चामल राम्रोसँग पाकेपछि त्यसमा रहेको दूध सुक्न दिने र चिनी हालेर राम्रोसँग चलाउने । आफ्नो दक्ष अनुसार ड्राइफ्रुट हाली सकेपछी ढकनी तयार भयो ।

सबै का पोइ राम्रा होउन,नभएका ले राम्रा पाउन भन्ने पूर्ण आशा श्री पशुपतिनाथ संग राख्दै उपवासमा पानी अत्यधिक पिउने सल्लाह दिदै सम्पुर्ण ऊमकार परिवार का महिलाहरू तथा दिदीबहिनी हरू मा हार्दिक मंगलमय शुभकामना ।

(लेखक भान्से लक्ष्मन प्रसाद भण्डारी ग्लोबल नेप्लिज सेफ फेडेरेशनका अध्यक्ष हुन्)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु