श्रुति श्रेष्ठकोे नेतृत्वमा फोटो पत्रकार क्लबको नयाँ कार्यसमिती चयनपछिल्लो २४ घण्टामा ९५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि‘भारत प्रवासमा रहेका नेपाली नागरिकहरूलाई निर्वाचनमा मताधिकार दिनबाट वञ्चित नगरियोस’ भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रधानमन्त्री देउवालाई बुझायो १२ बुँदे ज्ञापनपत्रIn honor of graduated Nepalese Embassy of Pakistan organized an Alumniनेपाल चेम्बर र महिला चेम्बरबाट सिनेटर अधिकारी र आयोग सदस्य ताम्राकार सम्मानितबागमती च्याम्पियनहिमाली जिल्लामा दसैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णयचर्चित गायक प्रकाश कटुवालको शब्द एवम् संगित रहेको "सुन्तली" नामक गित सार्वजनिकमलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउनेनेकपा एमाले केन्द्रीय कमिटी बैठक आज

एनआरएनएको दशौ महाधिबेशनमा संघका बर्तमान सहकोषाध्यक्ष लोक दाहालले कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार १३:४८

काठमाडौँ । गैरआबासीय नेपाली संघ (एनआरएनए)को दशौ महाधिबेशनमा संघका बर्तमान सहकोषाध्यक्ष लोक दाहालले कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन । केही दिनमा आगामी कार्ययोजना सहित औपचारिक उम्मेदवारी घोषणा गर्ने तयारी रहेको बताउदै दाहालले एनआरएनएमा आफ्नो सकृयता, कृयाशिलता र निरन्तरताका लागि सहकोषाध्यक्षबाट कोषाध्यक्षमा उम्मेदवारी दिएको बताए ।
भद्रगोल चलिरहेको संगठनको आर्थिक प्रणालीलाई बर्तमान कार्यकालमा ब्यबस्थित गर्नको लागि धेरै मेहनत गरेको र त्यसको निरन्तरताका लागि एक तह माथि बसेर संगठनलाई आफ्नो उर्जा र इमान्दारिताले योगदान गर्नको लागि आफ्नो उम्मेद्वारि आबस्यक रहेको दाहालको तर्क रहेको छ ।
गैर आबासीय नेपाली संघ बेल्जियमको महासचिब, अध्यक्ष हुँदै केन्द्रीय सहकोषाध्यक्षको जिम्मेवारिलाई संस्थागत मर्यादा र निष्ठापूर्वक निभाएका दाहाललाई संगठनका अग्रज र समकालिनहरुको समर्थन रहेको छ । सबैसँग मिलेर काम गर्न सक्ने र पाएको जिम्मेवारिलाई इमान्दारिता पूर्वक सम्पन्न गर्न सक्ने ब्यक्तिका रुपमा दाहालले एनआरएनमा आफ्नो परिचय बनाएका छन ।

विश्वका बिभिन्न देशमा मानबीय सेवा र अन्य कल्याणकारि कामका लागि ख्याती कमाएको बेल्जियमका डाक्टरहरु लगायतका स्वयमसेबिहरुको संस्था ‘भ्लाम्स मेडिकलका’ कार्यकारी सदस्य दाहालले नेपाल लगाएत एसिया र अफ्रिकाका बिभिन्न देशमा परोपकारि काम गरिरहेका छन ।
आफ्नै मेहनत र इमान्दारिताले सफल ब्यबासायिको रुपमा स्थापित भएका दाहाल संगठनमा पनि पदीय जिम्मेवारिलाई संस्थाको उन्नति र प्रगतिका लागि प्रयोग गर्ने संस्कार बसाल्न अत्यन्त जरुरी भएको र त्यसका लागि कडा अनुशासन कायम गर्नु आबस्यक रहेको बताउछन ।
आम प्रबासी नेपालीहरुमा एनआरएनए प्रतिको भरोसामा कमि आएको वास्तविकतालाई स्वीकारेर बिधि बिधान, आर्थिक पारदर्शिता र नेतृत्वमा इमान्दारिता कायम गर्नको लागि कोषाध्यक्षको जिम्मेवारि लिन चाहेको र त्यसका लागि सबै गैरआवाशिय नेपालीहरुको समर्थन रहने कुरामा विश्वस्त रहेको दाहालले बताए । बिगत दुई वर्षमा सुरु गरिएका आर्थिक नीतिलाई संस्थागत गर्ने , आर्थिक रुपमा संस्थालाई आत्मनिर्भर र पारदर्शी बनाउने परिवर्तनकारी योजना सहित छिट्टै औपचारिक कार्यक्रम गरि आफु अगाडी बढ़ने जनाउदै दाहालले आफ्नो अभियानलाई साथ दिन सबै गैरआवाशिय नेपालीलाई आग्रह गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु