कराते टोली स्विट्जरल्यान्ड जाने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ भाद्र २३ गते, बुधबार १४:३०

काठमाडौं, भदौ २३ गते ।
एघारौं बसेल ओपन मास्टर्स कराते प्रतियोगितामा भाग लिन दुई खेलाडीसहित ३ सदस्यीय नेपाली कराते टोली बिहीबार स्विट्जरल्यान्डको बसेल प्रस्थान गर्दै छन् ।
सेप्टेम्बर ११ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा सुमन तिमिल्सिना र सरोज कार्कीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । सुमनले सिनियर एकल काता तथा सरोजले ८५ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । सुमनले प्रशिक्षकको भूमिका पनि निर्वाह गर्ने छन् ।
अफिसियलमा प्रज्ज्वलप्रतिक क्षेत्री छन् । सहभागीले ७२ घण्टाको पीसीआर रिपोर्ट पेश गर्नु पर्ने हुन्छ । टोलीलाई सफलताको शुभकामना दिदै नेपाल गोजुरियो कराते संघ तथा एसियाली गोजुरियो कराते महासंघका महासचिव विआर मित्रले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । टोली कतार एयरवेजबाट राती ८ बजे उड्ने कार्यक्रम रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु