साधना लघुवित्तको धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न ।धादिङ अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटनमिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमावल्र्ड स्कुल स्पोर्ट्स टोली फर्कियोसनिललाई सफलतापछिल्लो २४ घन्टामा देशभर १ हजार ९५ जना संक्रमित थपिएबलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय चाडै नै तमिल फिल्म ‘पोन्नियिल सेवलन’ मा देखिदैनेप्सेमा आज भारी अंकले गिरावटनेपाल राष्ट्र बैङ्कले आजदेखि दशैं/तिहारका लागि नयाँ नोटको वितरण सुरुजन्म भूमि पर्वतबाट एनआरएनए को दसौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा

स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०७८ आयोजना गरिने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार २१:३१

काठमाडौँ । रिबिसु मिडियाले स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०७८ आयोजना गरिने भएको भएको छ । आज बागबजारस्थित पत्रकार सम्मेलन गरी अवार्ड कार्यक्रम हुने घोषणा गरिएको हो ।

अवार्ड ८४ बिधामा गर्न लागिएको र अवार्डको लागि भाद्र २४ देखी असोज ५ गतेसम्म फारम खुल्ला रहनेछ । आयोजक टिमका अनुसार फिल्मका निर्देशक,कलाकार,प्राविधिक साथै सांगीतिक र चलचित्र क्षेत्रमा विशिष्ट योगदान दिनेहरुलाई प्रोत्साहन र सम्मान गरिनेछ ।

अवार्डमा दुई दशक भन्दा लामो समय बिताएका एक श्रष्टालाई नगदसहित लाइफटाइम एचिभमेण्ट अवार्डद्धारा सम्मान गरिने आयोजक टिमले जनाएको छ । कोरोना महामारीले सुस्ताएको गीत संगीत र त्यससँग सम्बन्धित सबै पक्षलाई समिटेर यस अवार्ड गर्न लागिएको गर्न लागिएको र यस क्षेत्रमा योगदान पुर्याउनुहुने सबैलाई सम्मान,हौसला,प्रेरणा साथै अवार्ड समेत प्रदान गरिने रिबिसु मिडियाका अध्यक्ष विवेक लोप्चनले बताए । अध्यक्ष लोप्चनले समाजमा विशेष योगदान दिदै आएका व्यक्तीहरुलाई सम्मान गरिने बताए ।

अवार्डमा २०७७-०७८ भित्रका गीत संगीतलाई समावेश गरिने छ भने चलचित्रको हकमा २०७३ देखी हाल सम्म बनेका चलचित्रलाई समावेश गरिनेछ । फारक दर्ता शुल्क एक हजार रुपैया लाग्ने र एस एम एस भोटिङ्बाट आएको अंकलाई ५०% र जुरिको निर्णय ५० % हुने आयोजक टिमले बताएको छ ।

आयोजक टिमले आवेदनको लागि ९८५११४७३८६,९८४१६१७९९७६ र ९८६९२०७५१८ मा सम्पर्क गर्न समेत आग्रह गरेका छन ।अवार्ड कार्यक्रम भने २०७८ असोज १६ गते समापन गरिने आयोजक टिमले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु