हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार विस्तार गर्नु भएको नवगठित मन्त्रीपरिषदमा नेकपा एमालेका नुवाकोटका अध्यक्ष तथा बागमती प्रदेश सांसद मा.बद्री मैनालीले बागमती प्रदेश सरकारमा भूमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।
नुवाकोटको १ (ख) बाट लोकप्रिय मतवाट निर्वाचित सांसद् बद्री मैनाली बागमती प्रदेश सरकार बनेदेखि मन्त्री बन्ने लिष्टमा परेतापनि मन्त्री नबनेका मैनाली जनताको चाहना बमोजिम जनलहरको कदर गर्दै मन्त्री बनेका हुन्।
नुवाकोटको विकास निर्माण कार्यमा अतुलनीय योगदान प्रस्तुत गर्दै प्रत्यक्ष तथा अप्रत्यक्ष विभिन्न सामाजिक कार्यहरु मार्फत स्थानीयको मन जित्ने कार्य गर्दैआएका मन्त्री मैनालीले बागमती प्रदेशको राजधानी हेटौंडामा बुधबार पदको शपथ ग्रहण गरेका छन्।
मैनाली सहित अव बागमती प्रदेश सरकारमा मन्त्री र राज्यमन्त्री गरेर १२ जनाको मन्त्रीपरिषद बनेको छ।
नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूको जिम्मेवारी यस प्रकार तोकिएको छ- :
१.अष्टलक्ष्मी शाक्य,मुख्यमन्त्री, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२.केशवराज पाण्डे, मन्त्री, भौतीक पूर्वाधार विकास मन्त्रालय
३.रचना खड्का, मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालय
४. विजय सुबेदी, मन्त्री, सामाजिक विकास मन्त्रालय
५.शान्तिप्रसाद पौडेल, मन्त्री, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय
६.प्रदिप कुमार कटुवाल क्षेत्री, मन्त्री, स्वास्थ्य मन्त्रालय
७.डा.अजयक्रान्ति शाक्य, मन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्रालय
८.चन्द्र लामा,मन्त्री, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
९. जिवन खड्का, राज्यमन्त्री, भौतीक पूर्वाधार विकास मन्त्रालय
१०.सरस्वती बाटी, राज्यमन्त्री, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय
११ .जुनेली श्रेष्ठ, राज्यमन्त्री, सामाजिक विकास मन्त्रालय
१२.बद्री मैनाली, राज्यमन्त्री, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय