केपी ओलीको कारण अहिलेको स्थिति आएको हो, एमसीसीबारे राष्ट्रिय सहमति आवश्यक छ’ : भीमसेनदास प्रधान (भिडिओसहित)बजेट होलिडे भएर के भएको छ ?, अब केही दिनमै होलिडे खुल्छ र बजेट पारित हुन्छ’ : रामनारायण बिडारीनेपालको ईतिहासमा यो भन्दा असफल सरकार मैले देखेको छैन’ : कृष्णभक्त पोखरेलप्रधानमन्त्रीको रूपमा देउवा निकम्मा भए, अब कांग्रेसलाई ठूलो धक्का पर्छ : डा. दीक्षितकिनबेच विजनेस डटकमद्धारा डिजिटल प्ल्याटफर्ममार्फत नेपाली सामाग्री विश्वबजारमा पुर्याउने अभियानको शुभारम्भपछिल्लो २४ घन्टामा १ हजार २ सय ३७ जना संक्रमणमुक्तनेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयको उद्घाटनहेर्नुहोस आज २०७८ असाेज २ गते, शनिवारको राशिफलनेपाली म्यूजिक भिडियो “म त डुब्दै डुब्दै” सार्वजनिकनेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ प्रदेश सभा (क)को सभापतिमा डा. सुन्दरसिंह बोहराले उम्मेद्वारी दिने

आज हरितालिका तीज, नेपाली हिन्दू नारीहरुले नाचगान र पूजा उपासना गरेर धुमधामका साथ मनाउँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार ०९:३०

काठमाडौं, भदौ २४ । आज हरितालिका तीज, नेपाली हिन्दू नारीहरुले नाचगान र पूजा उपासना गरेर धुमधामका साथ मनाउँदैछन् । सामान्यतया हिन्दु धर्ममा मान्ने केही देशहरुमा मनाउने विशेष चाड हो हरितालिका तीज ।

यो चाड तीन भाद्र शुक्ल द्धितियादेखि पञ्चमीसम्म ४ दिन सम्म मनाइन्छ । भगवान शिवको व्रत बसेर नाचगान गर्दै महिलाहरुले मनको वेदना पोख्ने चाडको रुपमा लिइन्छ । हिन्दु महिलाहरुले मनाउने तीजलाई अन्य धर्मका महिलाहरुले पनि हर्षोल्लासका साथ मनाउने गर्छन ।

हिमालय पुत्री पार्वतीले आफ्नो पति भगवान शिवको शरीरमा केहि नहोस भनी लिएको पहिलो व्रत दिन हरितालिका तीजको दिन थियो । पार्वतीको विवाह भगवान विष्णुसँग गरिदिने वचन पिता राजा हिमालयले गरेकोले पार्वतीले आफुले मन पराएको शिवलाई पाउन तपस्या गरेकी थिइन् ।

आफुले तपस्या गरेको वर्षदिन पुग्दासमेत फल नपाएपछि पार्वतीले एकदिन शिवको मुर्ति राखेर निराहार ब्रत बसिन् । यसरी पार्वती निराहार व्रत बसेपछि शिव जी आफै प्रकट भई इच्छा पुरा होस् भनी आर्शिवाद दिएकाले पार्वती र शिवको विवाह भएको विश्वास रहेको छ । उक्त दिन भाद्र शुक्ला तृतिया परेको थियो ।

यसरी शिव र पार्वतीको विवाह सम्पन्न भएपछि हिन्दु नारीहरुले यसदिनलाई हरितालिका तीज चाडको रुपमा मनाउन थालेको मानिन्छ । हाम्रो समाजमा तीजमा विवाहित महिलाहरुले आफ्नो पतिको दिर्घायुको कामना गर्ने र अविवाहिताहरुले शिवजी जस्तै योग्य पति पाउने आशा गर्दै व्रत बसी नाचगान गर्छन् । विशेष त यो चाडमा नारीहरुले पतिको आयु लामो होस् भनेर निराहार व्रत बसी भगवान शिवजीसँग प्राथना गर्छन् ।

दिनभरी व्रत बसेर साझमा भगवान शिवको आराधना गरेर गीत तथा नाचगान गर्ने चलन रहेको छ । घरमा महिलाले भोगेका दुख दिदीबहिनीसँग गीतको माध्यमबाट पोख्ने पुरानो चलन रहेको छ । यसरी छिमेकमा दिदी बहिनी जम्मा भएर रमाइलो गर्छन् । जन्मघर र आफ्ना आमा बुबा दाजु भाई दिदी बहीनी छाड्न बाध्य नारीहरुले यस दिन वर्ष भरीको सबै दुख बिर्सीएर रमाउने गर्छन् । file photo

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु