साधना लघुवित्तको धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न ।धादिङ अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटनमिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमावल्र्ड स्कुल स्पोर्ट्स टोली फर्कियोसनिललाई सफलतापछिल्लो २४ घन्टामा देशभर १ हजार ९५ जना संक्रमित थपिएबलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय चाडै नै तमिल फिल्म ‘पोन्नियिल सेवलन’ मा देखिदैनेप्सेमा आज भारी अंकले गिरावटनेपाल राष्ट्र बैङ्कले आजदेखि दशैं/तिहारका लागि नयाँ नोटको वितरण सुरुजन्म भूमि पर्वतबाट एनआरएनए को दसौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा

स्कोलर्स बास्केटबल भोलिदेखि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार १३:०६

काठमाडौ ।स्कलर्स होम एकेडेमीको आयोजनामा प्रथम स्कलर्स एसइइ एपियर्ड थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ब्वाइजतर्फ २८ र गल्र्समा ९ टिमको सहभागिता रहने स्कलर्सका प्राचार्य सूर्यप्रसाद पण्डितले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । ब्वाइजको नकआउट तथा गल्र्सको लिग कम नकआउट पद्धतिमा खेल खेलाइने छ ।
ब्वाइजमा पहिलो हुनेले ७ हजार तथा दोश्रोले ४ हजार नगद पुरस्कार प्राप्त गर्ने प्रशिक्षक सन्दिप बराइलीले जानकारी दिए । गल्र्समा शीर्ष दुई स्थान हात पार्नेले क्रमशः ५ र ३ हजार नगद पुरस्कार जित्ने छन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख रुपैयाँ खर्च हुने बताइएको छ । दुईदिने प्रतियोगिताका खेलहरु सामाखशीस्थित आयोजकको आफ्नै कोर्टमा खेलाइने छ । पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामराज पण्डित, सञ्चालकहरु चुडामणि शर्मा, रमेश सुवेदी, हरिप्रसाद पाण्डेलगायतको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु