गलाक मुवाँथाई फाइट हुनेपहिलो ग्लोबल नेपाली फिल्म फेस्टिभल अमेरिकामा हुँदैआज मिति २०७८ असाेज ८ गते, शुक्रवारको राशिफलएनआरएनएको विवाद परराष्ट्रले हेर्न पाउने, सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकारएनआरएनए संरक्षकहरुको बैठकद्वारा छानबिनपछि मात्रै निर्वाचन गर्ने निर्णयपछिल्लो २४ घन्टामा थप १२३९ जनामा कोरोना संक्रमण पुष्टिदाहाल र केडियाको अर्थमन्त्रीलाई सुझाव : कृषिमा विदेशी लगानी ल्याउँदा बिचार गर्नुपर्नेडा. आदित्य जोशीको नयाँ गीत ‘मिठा मिठा बात’ सार्वजनिकराष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे नेपाल) को केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्तमिसन भण्डाफोर को शुभारम्भ आज

नेपाली कांग्रेस (बीपी) को सभापति हुन्छु भन्ने बिष्णु प्रसाद ढकालको उम्मेदवारी किन ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार १८:३०

काठमाडौं । नेपाली कांग्रेस (बीपी) को विशेष महाधिवेशनमा बिष्णु प्रसाद ढकाल सभापतिको उम्मेदवार बन्ने भएका छन् । उनले सबै नेता तथा कार्यकर्ताको समर्थन आफूलाई भएकाले सभापतिमा जित्ने दाबी गरेका छन् ।
पार्टीको विशेष महाधिवेशन भदौ ३०, ३१ र असोज १ गते काठमाडौंमा हुँदैछ । महाधिवेशनले सभापति, वरिष्ठ उप–सभापति, सचिव, सह–सचिव सहित २५ जनाको केन्द्रीय कार्यसमिति चयन गर्नेछ । सभापतिले ८० जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने पार्टीको विधान छ । पार्टीको केन्द्रीय समिति १ सय ५ जनाको हुनेछ । पार्टीको केन्द्रीय सदस्य तथा अर्थ विभाग प्रमुख रहेका ढकालले आफ्ना एजेण्डा अघि सारिसकेका छन् । उनले पार्टीलाई गतिशील बनाउने, भ्रष्टाचारविरुद्ध अभियान चलाउने, संघीयता र धर्म निरपेक्षता खारेजी गर्ने, हिन्दु राष्ट्र र राजसंस्था स्थापित गर्ने प्रमुख एजेण्डा बनाएका छन् । उनले आगामी संसदीय निर्वाचनमा १० देखि १५ सिटमा संसदमा पार्टीको प्रतिनिधित्व रहने गरी योजना बनाउने पनि बताएका छन् । ‘जति कुरा मैले भनेको छु, ती काम गर्न सक्छु भन्ने मलाई विश्वास छ’ उनले भने ‘म लामो समयदेखि राजनीति गरेको मान्छे भएकाले पार्टीको नीति कसरी बनाउनुपर्छ र जनता परिचालन कसरी गर्नुपर्छ भन्ने जान्दछु ।’ उनले पार्टीलाई परिवारबादबाट मुक्त बनाउने जनाएका छन् ।
२०४६ सालबाट कांग्रेसको राजनीतिमा लागेर सक्रिय रहेका उनले कांग्रेसले आफ्नो नीति र सिद्धान्त छोडेकाले कांग्रेस भएर बाँच्न नसकिने अवस्था आएकाले बाध्यताले नयाँ पार्टी खोल्नुपरेको स्पष्ट पारेका छन् । उनी यही ढंगले कांग्रेस अघि बढने हो भने उसले कहिल्यै प्रगति गर्न नसक्ने दाबी गर्छन् । उनी काभ्रेस्थली गाउँ कार्यसमितिको ५ कार्यकालसम्म सभापति भएका थिए । एक कार्यकाल कांग्रेसको महासमिति सदस्य पनि भएका उनले पार्टी विस्तारमा पनि निकै योगदान गरेका छन् ।
उनले आफूले सभापतिको उम्मेदवारी दिएपछि नेता तथा कार्यकर्ताहरु पनि उत्साहित भएको बताएका छन् । ‘मेरो उम्मेदवारीप्रति सबैले राम्रो सोच बनाउनुभएको छ त्यसैले पनि मलाई जित्छु भन्ने लागिरहेको छ’ उनले भने ‘अरु पनि केही सभापति उठ्ने भन्दै हुनुहुन्छ तर उहाँहरुभन्दा म नै ग्राउण्डमा बलियो छु ।’ उनले आफू सभापति भइसकेपछि जनताको गास, बास र कपासको व्यवस्थापनको लागि पहल गर्ने जनाएका छन् । भ्रष्टाचार, अनियमितता र अत्याचारको विरुद्धमा देशव्यापी रुपमा आन्दोलन गर्ने उनको योजना छ ।
उनले पार्टीलाई गतिशील बनाउन र सबैको आस्थाको केन्द्र बनाउन आफ्नो उम्मेदवारी रहेको बताए । ‘एकपटक पार्टीलाई हाँक्ने मन छ, त्यो अवसर पाएँ भने म पार्टीलाई उदाहरणीय बनाउने छु’ उनी भन्छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु