• तारकेश्वर गाउँपालिकाको सेवा अब दानसिङ दशैडाँडा स्थित सामुदायिक भवनबाटपूर्व सुरक्षाकर्मी परिषद, नेपालद्धारा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगसम्बन्धी कानून संशोधन गर्न बनेको विद्येयकमा आपत्तिभारतले कर लगाउन खोजेपछि इलामका चिया व्यवसायी राजधानीमा, तत्काल समस्या समाधान गर्न सरकारसँग मागदेशभर पछिल्लो २४ घण्टामा आठ सय १५ जनामा कोभिड सङ्क्रमण पुष्टिकतार प्रहरीको आकर्षक रोजगारी फेरी विवादमा,अवसर नगुमाऊन सरोकारवाला निकायलाई आग्रहनेप्से परिसूचक १९.०६ अंकले घटेर २०३७.८३ बिन्दुमासाउन २७ गते नै रक्षाबन्धन, जनैपूर्णिमा मनाउन शास्त्रसम्मतएक्लाएक्लै लडे एमालेले दुई तिहाई सिट जित्छ, नजिते म राजनीतिबाट सन्यास लिन्छु : खगराज अधिकारीअबको निर्वाचनमा एमाले शून्यतिर जाँदैछ, अब २० वर्षसम्म शासनमा फर्कने आँट नगरे हुन्छ : महेन्द्र यादवस्वतन्त्र राजनीतिक शक्ति नेपालले संयुक्त चुनाव चिन्ह लिने, साउन २८ गते घोषणा

    चलचित्र ‘अस्तित्वको लडाइ’ को शुभ मुहूर्त

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार ०७:४३

    काठमाडौ ।सरिता फिल्म्स प्रोडक्सन प्रा.लिको प्रस्तुतीमा नेपाली कथानक चलचित्र ‘अस्तित्वको लडाइ’ को शुभ-मुहर्त गरिएको छ । राक्सिराङ गाउँपालिका चैनपुर, मकवानपुरमा एक कार्यक्रमका बीच शुभ मुहूर्त गरिएको हो।

    पूर्व गृहराज्यमन्त्री तथा प्रदेश सभा सांसद इन्द्र बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न शुभ-मुहूर्त कार्यक्रममा विशिष्ट अतिथिमा नेपाली कांग्रेसकी वरिष्ठ सल्लाहकार तथा पूर्व प्रत्याशी सांसद उमा दाहाल , सांसद सन्तलाल चेपाङ्ग , नेपाल चेपाङ्ग संघ प्रदेशका अध्यक्ष खुशीलाल चेपाङ्ग , प्रदेशका सचिव लक्ष्मण चेपाङ्ग र राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल लगायतका अतिथिहरु रहेका थिए ।

    चेपाङ्ग समुदायको कथामा बन्न लागेको चलचित्रको तिहार पछिबाट छायाँकन सुरु हुने कार्यकारी निर्माता सुवास राज काफ्लेले बताए। मकवानपुर, चितवन र काठमाडौँमा छायाँकन हुने चलचित्र ‘अस्तित्वको लडाइ’ मा प्रशान्त तामाङ, सुनील थापा, सम्पदा बानियाँ चलचित्रका लागि अनुबन्धित भई सकेका छन् भने अन्य कलाकारहरु छनोटको क्रममा रहेका छन्।

    सरीता ढुंगाना निर्माता रहेको चलचित्र नेपाल चेपाङ्ग समाजले निर्माण गर्न लागेको हो। गोविन्द्र गौतमको निर्देशन, महेश पौडेलको छायाँकन, रोशन श्रेष्ठको द्वन्द निर्देशन रहने छ। रामशरण कोइराला चलचित्रका एसोसियट निर्देशक हुन्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु