• टान प्रथम उपाध्यक्षमा देवेन्द्र पोखरेलको उम्मेदवारीटान कोषाध्यक्षमा महिला उद्यमी प्रमिला देवकोटा (पाण्डे) कोे उम्मेदवारीपछिल्लो २४ घण्टामा देशभर थप ७८१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टिबृहत् स्वतन्त्र राष्ट्रिय अभियानले भन्यो–‘मंसिर ४ गतेको निर्वाचनमा हामी ‘लौरो’ चिन्हबाट चुनाव लड्छौं’यस वर्षपनि रिपोर्टर्स क्लब नेपालद्धारा गाईजात्राविशेष साक्षात्कार आयोजना,नेपाली कांग्रेसका प्रवक्ता डा.महतद्धारा बाढीपहिरोग्रस्त क्षेत्रको निरीक्षण; राहत,पुन:स्थापना,क्षतिपूर्ति र पुन:निर्माणको लागि प्रभावित क्षेत्रमा छलफल सम्पन्ननिर्वाचन आयोग नेपालका आयुक्तलाई बुझाइयो ध्यानाकर्षण पत्रयस्तो छ गाई जात्राको महत्व- पं-बालमुकुन्द देबकोटाInternational youth dayगाईजात्रा सांस्कृतिक पर्व आजबाट देशभर आरम्भ हुदै

    पलेशा पुरस्कृत

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार १८:५७

    काठमाडौं, भदौ २५ गते ।
    बागमती प्रदेश लोकतान्त्रिक खेलकुद संघले टोकियो पारालिम्किमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनलाई शुक्रबार नगदसहित पुरस्कृत गरेको छ ।
    संघले पूर्व घोषित नगद पुरस्कारसहित पुरस्कृत गरेको हो । प्रत्येक ‘बाउट’ जितेवापत संघल २० हजार नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो । त्यसवापत पलेशाले ४० हजार नगद प्राप्त गरिन् । पलेशाले रिपाचेजको पहिलो खेलमा अमेरिका र दोश्रोमा सर्बियाका खेलाडीलाई पराजित गर्दै इतिहास रचेकी थिइन् ।
    सोही अवसरमा प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्टलाई पनि समान ७–७ हजार नगदसहित पुरस्कृत गरियो ।
    नेपाली कांग्रेसका नेता पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, संघका अध्यक्ष दीपक गुरुङलगायतले उनीहरुलाई नगद पुरस्कार र प्रशंसा पत्र प्रदान गरे ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु