• हेर्नुस् आज मिति २०७९ साउन २४ गते, मंगलवारको राशिफलसाइप्रसवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु मा गैरआवसिय नेपाली संघ साइप्रसको अत्यन्तै जरुरी सूचना।नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालोपछिल्लो २४ घण्टामा ९३४ जनामा कोरोना संक्रमणबैंक अफ काठमाण्डू लिमिटेडको रिकरिङ्ग र रिभर्स रिकरिङ्ग खाता सार्वजनिकटिएमएस मार्फत खरिद गरिएको सेयर रकम अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिनेदिपेन्द्र सोनाम भए द फ्लीक मोडलको बिजेताप्रिती र राजेशको नयाँ तिज गित 'भेलु बाजे डान्स' सार्बजनिक(भिडियो सहित)मन्त्री श्रेष्ठ स्वयम्भु भगवानको दर्शन गरी स्वयम्भू महाचैत्यको परिक्रमानेपाली जनसम्पर्क समिति साइप्रसको दोस्रो महाधिवेशन भब्यता को साथ सम्पन्न ,सभापतिमा पुष्पा मिश्र सर्वसम्मत चयन ।

    लर्ड बुद्ध एजुकेशन फाउण्डेसन २४ बर्षमा प्रवेश, पाँच जनालाई छात्रावृत्ति घोषणा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार ०८:०४

    काठमाडौँ, २५ भदौ । नेपालको पहिलो आईटी कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेसन (एलबीईएफ क्याम्पस) आफ्नो स्थापनाको २३ बर्ष पूरा गरि २४ औं बर्षमा प्रवेश गरेको छ ।

    हाल मलेसियाको एसियन प्यासिफिक युनिभर्सिटीबाट सम्बन्धन प्राप्त गरि सूचना प्रविधि र व्यवस्थापन विषयमा स्नातक र स्नाकोत्तर तहको अध्यापन गराई रहेको यस कलेज काठमाडौंको मैतिदेवीमा अवस्थित छ ।

    संस्थाले २४ औं बर्ष प्रवेशको अवसरमा यस संस्थाका अध्यक्ष पंकज जालानले संस्थाको नयाँ लोगोको अनावरण गर्नुका साथै संस्थाका संस्थापक स्व. परमानन्द केजरिवालको स्मृतिमा यस संस्थाबाट ५ जना विद्यार्थीका लागि स्नाकोत्तर तहमा शतप्रतिशत छात्रवृत्ति उपलब्ध गराउने गरि ‘फाउण्डेशन छात्रवृत्ति’को घोषणा समेत गर्नुभयो ।

    संस्थाका प्रमुख सल्लाहकार महेन्द्र सिंह राजपुतले उक्त अवसरमा संस्थाले प्रविधि तथा व्यवस्थापन विषयमा विगतमा करिव १० हजार विद्यार्थीलाई दिक्षित गरिसकेको उल्लेख गर्दै भावी दिनमा पनि यो सेवा निरन्तर रहन सबैको सरसहयोग आवश्यक रहेको बताउनु भयो ।

    कार्यक्रममा संंस्थाका कार्यकारी निर्देशक प्रकाश कुमार केजरिवालले संस्थामा कार्यरत सम्पूर्ण शिक्षक, कर्मचारी र विद्यार्थीलगायतलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु