• नेपालमा ग्रिन हाइड्रोजन उत्पादनको आवश्यकता र सम्भाव्यतानवदुर्गाको प्रसादस्वरुप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जानेको चहलपहलआज मिति २०७९ असोज २१ गते, शुक्रवारको राशिफलआज मिति २०७९ असोज २० गते, बिहीवारको हेर्नुस् राशिफलआज विजया दशमी : टीकाको साईत ११ बजेर ५१ मिनेटमा, यस्तो छ महत्वचाडपर्वमा घर जान नपाउने फौजीको पीडामा पुष्पनको ‘लाहुर’बडादशैंमा मनमुरी कृषि सहुलियत मिट मार्टको सहुलियत बजारपरिवारसँग रमाइलो गर्नुका साथै आफन्त तथा इष्टमित्रहरुसँग भेट गरेर दसैं मनाउने मेरो योजना छ- बरिष्ट सौन्दर्यबिद महराआज बडा दशैँको सातौं दिन अर्थात् फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैआज मिति २०७९ असाेज १६ गते, आइतवारको राशिफल

    लिम्पिया र गोकर्णलाई उपाधि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार ०९:३६

    काठमाडौं, भदौ २६ गते ।
    लिम्पिया र गोकर्णेश्वर प्रथम स्कलर्स एसइइ एपियर्ड थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । लिम्पिया ब्वाइज तथा गोकर्णेश्वर गल्र्समा च्याम्पियन बने ।
    सामाखुशीस्थित आयोजक स्कलर्स होम एकेडेमीको कोर्टमा भएको ब्वाइज फाइनलमा लिम्पियाले नेरिक एकेडेमीलाई २०–१८ ले पराजित ग¥यो । लिम्यिाको जितमा संगम तामाङले ९ अंक योगदान गरे । लिम्पियाका विवेक यादव ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । विजेताले ७ हजार र उपविजेताले ४ हजार नगद पुरस्कार प्राप्त गरे ।
    गल्र्सको उपाधि भिडन्तमा गोकर्णेश्वरले न्यु मिलिनियमलाई १०–९ ले हरायो । गोकर्णेश्वरका विनामणि योञ्जनले ६ स्कोर गरिन् । उनी नै ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिइन् । लिम्पियाले ५ हजार तथा गोकर्णेश्वरले ३ हजार नगद पुरस्कार पाए ।

    विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, नेपाल बास्केटबल संघका फिबा कमिसनर दुर्गाबहादुर थापा, आयोजक स्कलर्सका प्रिन्सिपल सूर्यप्रसाद पण्डित, विद्यालय व्यवस्थापनका अध्यक्ष श्यामराज पण्डितलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा ब्वाइजतर्फ २८ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । लिग कम नकआउट आधारमा भएको गल्र्सको प्रतिस्पर्धामा ९ टिम सहभागी थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु