काँग्रेस नेता दिपक खड्काद्धारा संखुवासभाको मादी घटनाका पीडितसँग भेट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार १९:१०

काठमाडौँ, २६ भदौ । नेपाली काँग्रेसका नेता दिपक खड्काले संखुवासभाको मादी घटनाका पीडितसँग भेटघाट गर्नुभएको छ ।

पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्रीसमेत रहेका खड्काले गत सोमबार संखुवासभाको मादी नगरपालिका–१ उम्लिङमा एकै परिवारका ६ जनाको हत्या भएपछि दुःखमा परेका कार्की परिवारसँग आज दिउँसो भेट गर्नुभएको हो ।

भेटका क्रममा उहाँले पीडित परिवारलाई सान्वना दिँदै हत्यामा सङ्लग्नलाई पक्राउ गरी कडा भन्दा कडा कारबाही गर्न सरकारलाई आग्रह गर्नुभयो । आगामी दिनमा यस्ता घटना घट्न नदिन उहाँले सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराउनुभयो ।

काँग्रेस नेता खड्का विस २०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित सांसद समेत हुनुहुन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु