साधना लघुवित्तको धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न ।धादिङ अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटनमिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमावल्र्ड स्कुल स्पोर्ट्स टोली फर्कियोसनिललाई सफलतापछिल्लो २४ घन्टामा देशभर १ हजार ९५ जना संक्रमित थपिएबलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय चाडै नै तमिल फिल्म ‘पोन्नियिल सेवलन’ मा देखिदैनेप्सेमा आज भारी अंकले गिरावटनेपाल राष्ट्र बैङ्कले आजदेखि दशैं/तिहारका लागि नयाँ नोटको वितरण सुरुजन्म भूमि पर्वतबाट एनआरएनए को दसौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा

काममा ढिलासुस्ती नगर्न पूर्वमन्त्री अधिकारीद्धारा ठेकदारलाई आग्रह, एकै दिन धादिङमा ४५ करोडको सडक शिलान्यास

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार ०९:४६

काठमाडौं । पूर्वमन्त्री डा. रामकुमार अधिकारीले आइतबार धादिङमा ४५ करोड रुपिँयाको सडक शिलान्यास गरेका छन् ।
उनले नीलकण्ठ नगरपालिका १४ धुँवाकोट जोड्ने स्याउली–बडारथोक–अम्बोटे–पात्ले सडक कालोपत्रे सडक शिलान्यास गरेका हुन् । धादिङ २ को (१) बाट निर्वाचित एमालेका सांसद् बागमती प्रदेशका निवर्तमान सामाजिक विकास राज्यमन्त्री हुन् । उनकै पहलमा आर्थिक वर्ष २०७७÷०७८ मा क्रमागत बहुवर्षीय योजना अन्तरगत ४५ करोड बजेट स्वीकृत भएको हो । उक्त सडक निर्माण कार्य यही आर्थिक वर्षमा समापन गर्ने गरी काम अगाडि बढाइएको हो ।
स्याउलीदेखि बडारथोक–अम्बोटे हुँदै मौखोलासम्म ८ किलोमिटर बाटो कालोपत्रे हुन लागेको हो । साढे ५ मिटर पिच, ०.७५ मिटर फुटपाथ, १ मिटर जोड्ने गरी ८ मिटर बाटो बन्न लागेको हो । मन्त्री अधिकारी विकासप्रेमी नेताका रुपमा चिनिन्छन् । उनले पार्टीभन्दा माथि उठेर जनताको पक्षमा काम गर्दै आएका छन् ।
बाटोको शिलान्यास गर्दै पूर्वमन्त्री अधिकारीले सडक कालोपत्रे गर्नको लागि ठेकेदार कम्पनीहरु, इन्जिनियरहरुलाई कुनै कमी कमजोरी गर्ने छुट नभएको बताए । उनले निर्माण कम्पनीलाई गुणस्तरीय काम गर्न आग्रह गरे । उक्त कालोपत्रेको निर्माण ठेक्का रायमाझी कम्पनीले पाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु