साधना लघुवित्तको धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न ।धादिङ अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटनमिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमावल्र्ड स्कुल स्पोर्ट्स टोली फर्कियोसनिललाई सफलतापछिल्लो २४ घन्टामा देशभर १ हजार ९५ जना संक्रमित थपिएबलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय चाडै नै तमिल फिल्म ‘पोन्नियिल सेवलन’ मा देखिदैनेप्सेमा आज भारी अंकले गिरावटनेपाल राष्ट्र बैङ्कले आजदेखि दशैं/तिहारका लागि नयाँ नोटको वितरण सुरुजन्म भूमि पर्वतबाट एनआरएनए को दसौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा

प्रतिबद्धता सहित एनआरएनए उपाध्यक्षमा यम कुमार (त्रिलोक) गुरुङको उम्मेदवारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलवार ०९:३८

काठमाडौं–गैरआवासीय नेपाली संघ(एनआरएनए) को निर्वाचनमा यम कुमार (त्रिलोक) गुरुङले८ बुँदे प्रतिबद्धतासहित उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । संघको आगामी २०२१–२०२३ कार्यकालको लागि गुरुङले विभिन्न ८ बुँदे प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गरेका हुन् ।
सन् २००६ देखि २०११ सम्म एनआरएनए हङकङको अध्यक्ष रहेका गुरुङले सन् २०११ देखि २०१३ मा एसिया प्याशिसिफ क्षेत्रीय संयोजक र सन् २०१३ देखि २०२१ कार्यकालमा सल्लाहकारको भूमिका निर्वाह गरिसकेका छन् ।
गुरुङले आफ्नो उम्मेदवारी गैर आवासीय नेपाली नागरिकताको निरन्तरता, युवा पिढीको सहभागिता, महिला सशक्तीकरण, कोभिड –१९, वैदेशिक रोजगारी, संस्थामा प्रणालीको विकास र सुधार, नेपालमा लगानीमैत्री वातावरण र भूपू गोर्खा सैनीकहरुको आवाज बुलन्द गर्नका लागि भएको बताए ।

को हुन् गुरुङ ?

एनआरएनएको इतिहास पल्टाएर हेर्ने हो भने समाजले कहिल्यै भूल्नै नहुने नाम हो त्रिलोक(यम कुमार)गुरुंग, चाहे नेपालमा भुकम्म आउंदा होस या तराईमा बाढीले नरसंहार मच्चाउंदा होस यात कोभिड १९ को चपेटामा देशबासीलाई परेको ठुलो पिडा होस ,जहां जहां समस्या आईपर्छ त्यहां त्यहां अग्रस्थानमा रहेर सहयोग गर्ने जुटाउने काममा दिलो ज्यानले लागी पर्ने मात्र नभई एनआरएनमा पद र प्रतिष्ठा हासिल गर्नको लागी फोस्रा आश्वासन दिएर होईन एक्सनमा उत्रिएर काम गर्नुपर्छ भनेर समाजसेवामा उदाहरण बनिसकेका त्रिलोकले महत्वपुर्ण समस्या एनआरएनए हरुको नेपाली नागरिकताको बारेमा बर्षौंदेखी लड्दै आएका छन् । उनले’एक पटकको नेपाली सधैको नेपाली’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै नेपालको समृद्धिमा थप योगदान पुर्याउने उद्देश्यले गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को आगामी कार्यकाल २०२१(२०२३ को लागि हुन गइरहेको निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु