आज मिति २०७८ असाेज ८ गते, शुक्रवारको राशिफलएनआरएनएको विवाद परराष्ट्रले हेर्न पाउने, सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकारएनआरएनए संरक्षकहरुको बैठकद्वारा छानबिनपछि मात्रै निर्वाचन गर्ने निर्णयपछिल्लो २४ घन्टामा थप १२३९ जनामा कोरोना संक्रमण पुष्टिदाहाल र केडियाको अर्थमन्त्रीलाई सुझाव : कृषिमा विदेशी लगानी ल्याउँदा बिचार गर्नुपर्नेडा. आदित्य जोशीको नयाँ गीत ‘मिठा मिठा बात’ सार्वजनिकराष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे नेपाल) को केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्तमिसन भण्डाफोर को शुभारम्भ आजप्याब्सन काठमाडौँ महानगरपालिकाको अधिवेशन असोज १६ गतेलाई स¥योकांग्रेस अधिवेशन: काठमाडौ –४ को ईकाइ सभापतिमा दोहोरिए : न्यौपाने

जिल्ला समन्वय समिति प्रमुख हुने मान्छे किन प्रदेश सभापतिमा उठ्दैछन् ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलवार १२:५७

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा मकवानपुरको क्षेत्र नम्वर १ को (क) बाट सुवातसिं थिङले सभापतिको दाबी गरेका छन् ।
अहिले क्षेत्रिय सचिवसमेत रहेका उनले आफ्नो नेतृत्व आएपछि पार्टीलाई बलियो बनाउने घोषणा गरेका छन् । गढी गाउँपालिका–१ को निर्वाचित वडा सदस्यसमेत रहेका उनले पार्टी र जनताको लागि दिनरात काम गर्दै आएका छन् । ‘म जनताको मान्छे हुँ, कांग्रेस मेरो पार्टी हो तर कसैलाई पनि राजनीतिक आस्थाका आधारमा विभेद गरेको छैन’ उनी भन्छन् ‘म प्रदेश सभापति भएपछि पार्टीलाई गतिशील बनाउँछु जसले कांग्रेसलाई मात्र नभएर सबैलाई फाइदा गर्छ ।’ उनी वडा सदस्यको रुपमा उम्मेदवार भइरहँदा पार्टीले उनलाई जिल्ला समन्वय समितिको प्रमुखका रुपमा अघि सारेको थियो । उनी २०४९ सालको स्थानीय निकायको निर्वाचनमा गढी गाउँ विकास समितिको वडा नम्वर १ को वडाध्यक्षको उम्मेदवार भएका थिए ।
शिक्षण पेशाबाट राजनीतिमा लागेका उनी राजनीतिकर्मीमात्र नभई समाजसेवीका रुपमा पनि चिनिएका छन् । पछिल्लो समयमा मकवानपुर कांग्रेसको किल्ला बन्दैछ । यो प्रदेशमा हेटौंडा उप–महानगरपालिकाका १६, १७ र १८ नम्वर वडा, वागमती गाउँपालिकाका १२ वटा वडा, बकैया गाउँपालिकाका ९ वटा र गढी गाउँपालिकाका १, २, ३ र ४ नम्वर वडा पर्छन् । २८ वटा वडामध्ये २० वटामा सुवातकै समुदायका व्यक्ति इकाई (वडा) सभापति भएका छन् । उनले अरु सभापतिले पनि आफूलाई नै समर्थन गर्ने जनाएको स्पष्ट पारेका छन् ।
यो प्रदेश २०७० सालको संविधानसभाको निर्वाचनमा मकवानपुर–१ नम्वर क्षेत्र रहेको थियो । त्यतिबेला ४ वटा क्षेत्र रहेको मकवानपुरलाई निर्वाचन क्षेत्र पुनर्संरचना गर्दा २ वटा बनाइयो । यो क्षेत्रबाट त्यतिबेला नेपाली कांग्रेसका उम्मेदवार इन्द्र बानियाले जितेका थिए । पूर्वमन्त्रीसमेत रहेका उनी अहिले पार्टी सभापतिसहित नेपाली कांग्रेसको वागमती प्रदेशको संसदीय दलको नेता पनि रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु