श्रुति श्रेष्ठकोे नेतृत्वमा फोटो पत्रकार क्लबको नयाँ कार्यसमिती चयनपछिल्लो २४ घण्टामा ९५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि‘भारत प्रवासमा रहेका नेपाली नागरिकहरूलाई निर्वाचनमा मताधिकार दिनबाट वञ्चित नगरियोस’ भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रधानमन्त्री देउवालाई बुझायो १२ बुँदे ज्ञापनपत्रIn honor of graduated Nepalese Embassy of Pakistan organized an Alumniनेपाल चेम्बर र महिला चेम्बरबाट सिनेटर अधिकारी र आयोग सदस्य ताम्राकार सम्मानितबागमती च्याम्पियनहिमाली जिल्लामा दसैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णयचर्चित गायक प्रकाश कटुवालको शब्द एवम् संगित रहेको "सुन्तली" नामक गित सार्वजनिकमलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउनेनेकपा एमाले केन्द्रीय कमिटी बैठक आज

ट्रमा सेन्टरको निर्देशकको जिम्मेवारी डा. प्रमोद जोशीलाई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलवार १८:५६

नमराज भट्ट

काठमाडौं, २९ भाद्र २०७८

सरकारले ट्रमा सेन्टरको निर्देशकको जिम्मेवारी बरिष्ठ अर्थोपेडिक सर्जन डा. प्रमोद जोशीलाई दिएको छ।

हाल निर्देशक रहेका डा. सन्तोष पौडेललाई कान्ति बाल अस्पतालमा सरुवा गरिएको छ। तर, उनलाई काज भने, ट्रमा सेन्टरमै राखिएको मन्त्रालय स्रोतले जनाएको छ।

को हुन त डा. प्रमोद जोशी

डा. जोशी धनगढी सेती प्रादेशिक अस्पतालबाट एक वर्ष अगाडि कान्ति बाल अस्पतालमा सरुवा भएर ट्रमा सेन्टरमा काजमा आएका थिए।

डा. जोशीले सुदुरपश्चिमका दुर्गम भेगका बिरामीहरुको मन जिताउन सफल भएका एक चिकित्सक हुन्।

१० औं तहका अर्थोपेडिक सर्जन डा. जोशी नेपाल चिकित्सक संघको केन्द्रीय सदस्य पनि हुन् । डा. जोशीले ११ वर्षसम्म सुदूरपश्चिममा काम गरेको थियो र अर्थोपेडिक सर्जन भएर पनि जिल्लामा जिल्लामा गएर काम गरे । मेडिकल फिल्डमा लागेको २०/ २१ वर्ष भएको छ।

डा. जोशीले दार्चुला जिल्ला अस्पतालको मेसु हुँदा उत्कृष्ट काम गरेबापत सर्वोत्कृष्ट निजामति सेवा पुरस्कार पाएकाे थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु