‘भारत प्रवासमा रहेका नेपाली नागरिकहरूलाई निर्वाचनमा मताधिकार दिनबाट वञ्चित नगरियोस’ भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रधानमन्त्री देउवालाई बुझायो १२ बुँदे ज्ञापनपत्रIn honor of graduated Nepalese Embassy of Pakistan organized an Alumniनेपाल चेम्बर र महिला चेम्बरबाट सिनेटर अधिकारी र आयोग सदस्य ताम्राकार सम्मानितबागमती च्याम्पियनहिमाली जिल्लामा दसैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णयचर्चित गायक प्रकाश कटुवालको शब्द एवम् संगित रहेको "सुन्तली" नामक गित सार्वजनिकमलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउनेनेकपा एमाले केन्द्रीय कमिटी बैठक आजचौथो संस्करणको बजाज पल्सर एभरेस्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुदैदिनेश र प्रिया अभिनित´म बाँचु कसरी` बोलको गित सार्वजनिक

बजेट कार्यान्वयन गर्न धेरै उपाय थिए,तर सरकार चुकेको छ’:पूर्व मुख्यसचिव डा.विमल कोइराला

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार १७:२४

काठमाडौं, ३० भदौ । पूर्व मुख्यसचिव डा. विमल कोइरालाले सरकारले ल्याएको बजेटको प्रतिस्थापन विधेयक पारित नहुँदा मुलुक ठूलो समस्यमा परेको बताएका छन् । उनले भने,‘हामी अहिले ज्यादै अप्ठ्यारो परिस्थितिमा छौं, हिजोबाट त कठिनबाट झन कठिन अवस्थामा प्रवेश गरेका छौं । हाम्रो राजनीतिक अवस्था बडो विद्रुप रुपमा अघि बढेको छ । अबका दिनमा यही परम्परा बस्छ कि भन्ने डर छ । सरकार चनाखो हुनुपर्छ । बजेटलाई कार्यान्वयन गर्न सरकारसँग धेरै उपाय थिए, तर सरकार चुकेको छ ।’

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘कुन परिस्थितिमा अध्यादेशबाट बजेट आयो त पहिले, बास्तवमा संसद् विघटन गरेर यसअघिको सरकारले अध्यादेशमार्फत बजेट ल्यायो । संसद् विघटन गरेर चुनाव घोषणा गरेर सरकारले पूर्ण बजेट ल्याउनुहुँदैन् । अहिलेको सरकारले प्रतिस्थापन विद्येयक ल्यायो । यो बेलामा प्रतिस्थापन बजेट पास भएन भने मुलुकको अवस्था के हुन्छ ? भनेर सरकारले जोखिम हेर्नुपर्दथ्यो । सरकारले यसैगरि बजेट पास भैहाल्छ भन्ने सोच्यो । सरकारसँग समाधानका सबै उपाय थिए । तर, उसले त्यो गर्न सकेन । सरकार त्यहाँ चुक्यो । प्रतिपक्षी कहाँ चुक्यो भने उसका राजनीतिक मुद्दा होला, तर संसद् सञ्चालनमा सबै राम्रो बाटोमा हिँड्नुपर्छ । क्षणिक तुष्टिका निम्ति एमालेले तिलाञ्जली दियो । यस्तो किसिमको राजनीतिले मुलुकलाई राम्रो दिशामा लाँदैन् । मुलुकको आर्थिक विकासको निम्ति सोच्नुपर्नेछ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आजदेखि मुलुक अप्ठ्यारो अवस्थामा पुगेको पनि बताए । उनले भने,‘विनियोजन विद्येयकले दिएको अत्यावश्यक खर्चपनि गर्न नसक्ने अवस्था छ । हाम्रोमा आकस्मिक व्यवस्था छैन् । सरकार सञ्चालन खर्च ल्याउने अवस्था थियो । त्यसमा सरकार चुकेको हो । सबै दलहरुले यो अवस्था हामीले सिर्जना गरेका हो भनेर अब हामीले टुँगो लगाउनुपर्छ भनेर छिटोभन्दा छिटो टुँगो लगाउनुपर्छ । सहमति निर्माण नै महत्वपूर्ण हो । आर्थिक विषय खासगरी मुलुक सञ्चालन गर्ने विषयमा दलहरुबीच सहमति हुनुपर्छ ।’

उनले सरकारसँग ल्याउने बाटो भएपछि त्यसबाट जाने बाटो लोकतान्त्रिक बाटो नभएको स्पष्ट पारे । उनले भने,‘एकदमै अप्ठ्यारो पर्यो भने खर्च सुचारु गर्नेतिर लाग्नुपर्छ । सरकारले जोखिम मूल्यांकन गर्न सकेन । सरकार चुकिसकेको छ ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु