दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

विद्यालय सञ्चालनका बारेमा स्थानीय तहले निर्णय गर्न सक्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ भाद्र ३१ गते, बिहीबार ७:३४

काठमाडौं, भदौ ३१। कोरोना भाइरस सङ्क्रमणको अवस्था हेरी विद्यालय सञ्चालनका बारेमा स्थानीय तहले निर्णय गर्न सक्ने सरकारले जनाएको छ ।

स्मार्ट लकडाउनको अवधारणाअनुसार कोरोना सङ्क्रमणको अवस्था हेरी विद्यालय भौतिक रूपमा सञ्चालन गर्ने वा हालका लागि बन्द गर्ने भन्ने अन्तिम निर्णय स्थानीय तहले नै गर्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए।

जिल्लाको कोभिड सङ्कट व्यवस्थापन समितिले यो अधिकार स्थानीय तहलाई दिइसकेको छ । यो अवस्थामा कोभिडको अवस्था हेरी पूर्ण रूपमा भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्न सकिन्छ । कोरोनाको प्रभाव कायमै रहेको अवस्थामा आंशिक रूपमा सञ्चालन गर्ने वा पूर्ण रूपमा बन्द गर्न सकिने जनाइएको छ ।

स्थानीय तहले आफ्नो परिस्थितिअनुसार विद्यालय सञ्चालनको निर्णय गर्ने भएकाले यसमा एकरूपता नहुने उनको भनाइ छ । कोरोनाको स्थानीय प्रभाव हेरेर स्थानीय तहले विद्यालय सञ्चालनका बारेमा विभिन्न खालका निर्णय गरेका छन् । गोरखापत्र दैनिकबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु