• विमानस्थलको श्रम डेस्कमा मन्त्री श्रेष्ठको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशनभष्ट्राचार मुक्त राज्य सन्यन्त्र र सेवा मुखी प्रशासनको कल्पनामा नै आगामी चुनाबमा स्थापित हुने आधार हुनरोटरी क्लब अफ कपनले विश्व पोलियो दिवस मनायो "पछिल्लो २४ घण्टामा देशैभरी थपिए ५५७ कोरोना संक्रमित, ३ जनाको मृत्युआज बजार परिसूचक २७ दशमलव ५१ अकंले बढेर समग्र परिसूचक २५८४ दशमलव ५२ बिन्दुमाआबुधाबी डाइलग’ मा सहभागि हुन मन्त्री श्रेष्ठ सहितको टोली दुबई प्रस्थानबैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई काठमाण्डौं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुमा १५% छुटमनीष र रोनिशा पहिलोजिम्न्याष्टिक टोलीको बिदाइमिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१' को ताज रोजक र सुहानीको शिरमा

    नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिको सम्पर्क कार्यालय बनेपामा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार ०८:१६

    काठमाडौँ, ३१ भदौ । नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिले दोस्रो सम्पर्क कार्यालय बनेपाको भैँसेपाटीमा स्थापना गरिएको छ ।

    काठमाडौँको कलंकीमा केन्द्रीय कार्यालय रहेको उक्त समितिले पहिलो सम्पर्क कार्यालय धादिङको गल्छीमा स्थापना गरेपनि बुधबार दोस्रो सम्पर्क कार्यालय बनेपामा स्थापना गरेको हो । धादिङमा स्थापना गरिएको सम्पर्क कार्यालय पश्चिम क्षेत्र र बनेपामा राखिएको कार्यालय पूर्व क्षेत्रका व्यवसायीलाई लक्षित गरिएको हो ।

    उक्त कार्यालयको समितिका संस्थापक अध्यक्ष तथा नेपाल यातायात राष्ट्रिय महासंघका उपाध्यक्ष यादवलाल श्रेष्ठ र समितिका अध्यक्ष दिलबहादुर श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

    कार्यक्रममा समितिका संस्थापक अध्यक्ष यादवलाल श्रेष्ठले मुलुकको विकासको मुख्य आधार टिपर तथा ट्रक भएको भन्दै यसलाई सहज रुपमा सञ्चालनको व्यवस्था गर्न राज्यले सहजीकरण गर्नुपर्ने बताउनुभयो ।

    पूर्व क्षेत्र सम्पर्क कार्यालय स्थापनाको अवसरमा समितिमा आवद्ध हुन चाहने नयाँ सदस्यको ४० प्रतिशत छुटको व्यवस्था गरिएको छ । यस्तै, अर्को समितिबाट आउन चाहनेको लागि ६० प्रतिशत छुटको व्यवस्था गरिएको छ । उक्त छुट आगामी असोज ७ गतेसम्मका लागि मात्र लागू हुनेछ ।

    कार्यालय उद्घाटन समारोहमा समितिका पूर्व अध्यक्ष, पदाधिकारी, सचिवालय सदस्य लगायत व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु