• सलोनी शंकल्प स्नेह छात्रवृत्ति कोष ५१६७०हेर्नुस् आज मिति २०७८साल कार्तिक १ गते, साेमवारको राशिफलराष्ट्रिय फुटबल टोलीको प्रदर्शनले नयाँ आशा जगाएको छः युवा तथा खेलकुदमन्त्री गहतराजदशैंमा बिदापछि आजबाट सरकारी कार्यालय खुल्ला हुनेआईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आजबाट शुरु हुँदैविजया दशमीको तेस्रो दिन आज पनि आफन्तजन तथा मान्यजनबाट टीका लगाउने र आर्सीवाद लिनेक्रम जारीगएराति काठमाडौं उपत्यकालगायत देशका विभिन्न भूभागमा हावाहुरीसहित वर्षादशै पछि प्रकृतिसंग एकछिनPakistan emphasizes to scale up investment in sustainable, resilient water infrastructureदसैँको पहिलो टीका लगाइसकेका जिल्लाका किसानलाई अहिले धान काट्न भ्याइनभ्याई

    कविरपथ धर्म’ लाई जनगणनामा समावेश गर्न माग

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार १६:५०

    काठमाडौं, ३१ भदौ । कबीर पथ धर्मावलम्बीहरुले कबीर पथ धर्मलाई जनगणना गर्दा समावेश गर्नुपर्ने माग गरेका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर धर्मालम्बीहरुले २० लाखको संख्यामा अनुयायी रहेको धर्मलाई जनगणनामा समावेश गराउन सरकारसमक्ष माग गरेका हुन् ।

    कार्यक्रममा बोल्दै कविपथ धर्म सभाका अध्यक्ष सत्यनारायण आलोकले राष्ट्रिय जनगणना २०७८ को जनगणना फारममा कवीरपथ धर्मको महल स्पष्ट रुपमा समावेश गर्न सरकारसँग माग गरे । उनले भने,‘२० लाख बढी संख्यामा अनुयायी रहेको कविर धर्मलाई जनगणना गर्दा समावेश गराइनुपर्छ ।’ उनले जनगणनामा कविरपथ धर्मको महल स्पष्ट रुपमा समावेश हुन्पर्नेमा जोड दिए ।

    कवीर प्रकाट्य दिवस जेष्ठ पुर्णिमाको दिन कवीर जयन्ती मनाउन राष्ट्रिय बिदा कायम गर्न समेत उनले माग गरे । कवीरपथ धर्म विकासको लागि कवीरपथ धर्म कोष स्थापना गर्नुपर्ने उनको माग छ ।

    उनले कवीरपथ धर्म विभिन्न जातजाति, धर्म, सस्कृतिहरुलाई संरक्षण, सम्बर्धन विकास गर्न स्थापना भएको बताए । उनले भने, ‘सदियौदेखि नेपालको भुमिमा लाखौलाखको संख्यामा रहि आए पनि कवीरपथ धर्म नेपाल सरकारको तथ्यांकमा सत्यतथ्य समाहित नभएको हुँदा हामी कवीर पथ धर्मालम्बीहरु धार्मिक पहिचान बिहिन भएका छौ ।’

    कार्यक्रममा माता निरादेवी साह, चेतनारायण महतो, विजय महतो (सर्लाही) रामकरण साह (धनुषा) लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु