काठमाडौ ।अन्तराष्ट्रिय फुड चेन ब्रान्ड के.एफ.सी.ले काठमाडौं उपत्यकामा आठौँ शाखा खोल्दै नेपालमा दशौं आउटलेट बिस्तार गरेको छ । काठमाडौंको नक्सालमा रहेको भाट–भटेनी डिपाटमेन्टल स्टोरको प्रङ्गणमा खोलिएको के.एफ.सी. रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेनको परिकार उपलब्ध गराउने रेस्टुरेन्टका रुपमा परिचित छ । यस आउटलेटमा के.एफ.सि.का बिभिन्न चिकेन परिकार जस्तै Hot and Crispy Chicken, Chicken Popcorn, Chicken Strips लगायत बर्गर र अन्य परिकारको आनन्द लिन सकिनेछ ।
के.एफ.सी.ले आफ्ना पाहुनाको लागी विभिन्न स्वादिष्ट परिकारहरु उपलब्ध गराउँदै कोभिड १९ को रोकथामकालागी विश्व स्तरिय सुरक्षा नीति समेत अवलम्बन गरको छ । जसका लागी ४ प्रकारका सुरक्षा मापदण्डहरु स्वच्छता, जाँच, सामाजिक दुरी र कन्ट्याटलेस सेवा जस्ता मापदण्डलाई अनिवार्य गरिएको छ । रेस्टुरेन्टले प्रत्येक ३० मिनेटमा आफ्ना टेबल, काउन्टर, ढोका र त्यसका ह्यान्डलहरु जस्ता सतहको सरसफाइ निर्मलिकरण गर्ने गर्दछ ।
के.एफ.सी.का कर्मचारीहरुले हरेक पाहुनालाई सेवा दिए पश्चात आफ्ना हात र झोला निर्मलिकरण गर्ने गर्दछन् । हरेक गा्रहक बिच ६ फिटको सामाजिक दुरी कायम गर्दै रेस्टुरामा आउने ग्राहक र सेवामा रहेका कर्मचारी बिच समाजिक दुरी कायम राख्न स्टिकर लागयत समानको प्रयोग गरि अझ ब्यवस्थित गरिएको छ ।
१६४० वर्ग फिट मा खोलिएको यो रेस्टुरेन्टमा एक पटकमा ४० जना ग्राहकहरुले सेवा लिन सक्नेछन् । रेटुरेन्टले हाल विहान ९ बजे बाट रातको ८.३० बजे सम्म डाइन–इन, टेक अवे र होम डेलिभरी मार्फत सेवा दिइरहेको छ । आफूलाई मनपर्ने के.एफ.सी.का परिकारहरु होम डेलिभरी कम्पनीहरु फूड बस्टर, फूडमान्डु र भोजडिल द्वारा अनलाइन अर्डर गरी घरैमा मगाउन सकिने छ ।