• विमानस्थलको श्रम डेस्कमा मन्त्री श्रेष्ठको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशनभष्ट्राचार मुक्त राज्य सन्यन्त्र र सेवा मुखी प्रशासनको कल्पनामा नै आगामी चुनाबमा स्थापित हुने आधार हुनरोटरी क्लब अफ कपनले विश्व पोलियो दिवस मनायो "पछिल्लो २४ घण्टामा देशैभरी थपिए ५५७ कोरोना संक्रमित, ३ जनाको मृत्युआज बजार परिसूचक २७ दशमलव ५१ अकंले बढेर समग्र परिसूचक २५८४ दशमलव ५२ बिन्दुमाआबुधाबी डाइलग’ मा सहभागि हुन मन्त्री श्रेष्ठ सहितको टोली दुबई प्रस्थानबैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई काठमाण्डौं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुमा १५% छुटमनीष र रोनिशा पहिलोजिम्न्याष्टिक टोलीको बिदाइमिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१' को ताज रोजक र सुहानीको शिरमा

    सर्भिस माण्डु, रिटेल सेवा र नेपाल शैक्षिक परामर्श संघ (इक्यान)बीच सम्झौता पत्रमा हस्ताक्षर

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार १९:००

    काठमाडौं, १ असोज । सर्भिस माण्डु, रिटेल सेवा र नेपाल शैक्षिक परामर्श संघ (इक्यान)बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । शुक्रबार काठमाडौंको धुम्बाराहीमा अवस्थित् अकामा होटेलमा आयोजित कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाको प्रमुख आतिथ्यतामा इक्यानका अध्यक्ष प्रकाश पाण्डे तथा सर्भिस माण्डु र रिटेल सेवाका अध्यक्ष सुरज केसीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

    उक्त सम्झौताअनुसार सर्भिस माण्डु र रिटेल सेवाले आफूले दिँदै आएका सेवा इक्यान, इक्यानसँग सम्बन्धित संस्था तथा व्यक्तिलाई उपलब्ध गराउनेछ । सर्भिस माण्डु र रिटेल सेवाका अध्यक्ष केसीले सम्झौताअनुसार इक्यान, इक्यानसँग सम्बन्धित संस्था तथा व्यक्तिलाई छिटो र छरितो सेवा आकर्षक छुटमा प्रदान गरिने जानकारी दिए । उनले छिटो छरितो सेवा दिएर इक्यानको विश्वास जित्ने प्रतिवद्धता जनाए ।

    कार्यक्रममा इक्यानका अध्यक्ष पाण्डेले विभिन्न सेवाको सहजताका लागि सर्भिस माण्डु र रिटेल सेवासँग सम्झौता गरेको बताए । उनले सर्भिस माण्डु र रिटेल सेवाबाट गुणस्तरीय र छिटो छरितो सेवा पाउने अपेक्षा गरेको बताए । सर्भिस माण्डु र रिटेल सेवा कोरोना भाइरसका कारण लकडाउन भएको समयमा स्थापना भएका संस्था हुन् । सो क्रममा सर्भिस माण्डु र रिटेल सेवाले कोरोनासँग सम्बन्धित मास्क, सेनिटाइजर, थर्मल गनलगायतका सामाग्री व्यक्तिको घरघरमा पुर्याएको थियो ।

    अहिले सर्भिस माण्डु र रिटेल सेवाले ग्राहकलाई आवश्यक परेका वस्तु अनलाइन सेवामार्फत ग्राहकको घरघरमा उपलब्ध गराउँदै आएको छ । यी दुई कम्पनीले कपडा, इलेक्ट्रोनिक्स, स्वास्थ्य, सौन्दर्यलगायतका सामाग्री उपलब्ध गराउँदै आएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु