• विमानस्थलको श्रम डेस्कमा मन्त्री श्रेष्ठको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशनभष्ट्राचार मुक्त राज्य सन्यन्त्र र सेवा मुखी प्रशासनको कल्पनामा नै आगामी चुनाबमा स्थापित हुने आधार हुनरोटरी क्लब अफ कपनले विश्व पोलियो दिवस मनायो "पछिल्लो २४ घण्टामा देशैभरी थपिए ५५७ कोरोना संक्रमित, ३ जनाको मृत्युआज बजार परिसूचक २७ दशमलव ५१ अकंले बढेर समग्र परिसूचक २५८४ दशमलव ५२ बिन्दुमाआबुधाबी डाइलग’ मा सहभागि हुन मन्त्री श्रेष्ठ सहितको टोली दुबई प्रस्थानबैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई काठमाण्डौं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुमा १५% छुटमनीष र रोनिशा पहिलोजिम्न्याष्टिक टोलीको बिदाइमिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१' को ताज रोजक र सुहानीको शिरमा

    पछिल्लो २४ घण्टामा १,५५८ जना नयाँ कोरोना संक्रमित थपिए

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार १९:०५

    १ असोज, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १,५५८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको १२ हजार ३८५ वटा नमुना परीक्षणमा देशैभरी १५५८ जनामा संक्रमण पुष्टि भएको हो ।

    आज थपिएका १५५८ संक्रमितसँगै देशमा हालसम्म संक्रमित हुनेको संख्या ८ लाख ७१ हजार ७३४ पुगेको छ ।

    त्यसैगरी पछिल्लो २४ घण्टामा १३५१ जना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १३५१ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ४६ हजार ५६६ पुगेको छ ।

    त्यस्तै आज देशैभरी १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका १० जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार १२ पुगेको छ ।

    नेपालमा हाल २५ हजार ४९७ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये २३ हजार ९५० जना होमआइसोलेशन र १५४७ जना संस्थागत आइसोलेशन सेन्टरमा रहेका छन् ।

    हाल देशका विभिन्न अस्पतालका आइसीयुमा ३८६ र भेन्टिलेटरमा ११७ जनाको उपचार भइरहेको स्वास्थ्यमन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।
    नेपालमा हालसम्म पिसीआर र ऐन्टिजेन गरी ६० लाख ८३ हजार १२४ नमुना परीक्षण गरिएको छ ।

    नेपालमा हालसम्म ६० लाख ४ हजार १९ जनाले पहिलो मात्रा र ५५ लाख ७ हजार ३८० जनाले पूर्णमात्राको खोप लगाइसकेका छन् । पछिल्लो २४ घण्टामा ६० हजार १५९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु