काठमाडौं।नेपाली म्यूजिक भिडियो “म त डुब्दै डुब्दै” सार्वजनिक भएको छ । राष्ट्रिय चलचित्र दिवसको अवसर पारेर शुक्रबार युट्यूव च्यानल मार्फत् उक्त नेपाली गीतको भिडियो सार्वजनिक गरिएको हो ।
असोज १ गते राष्ट्रिय चलचित्र दिवसको अवसरमा द डिभाईन म्युजिक एवम् बोन्ड्स फिल्म प्रोडक्सनको संयुक्त प्रस्तुतिमा निर्माण गरिएको उक्त गीत डिभाईन म्यूजिकको युट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको हो । चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द र संगीत रहेको उक्त गीतमा गायक किरण गजमेर र गायिका ममता गुरुङ्गले आवाज दिनुभएको छ ।
रामजी लामीछानेको निर्देशन रहेको गीतको भिडियोमा पुष्प खड्का र श्रेया सिटौलाको प्रमुख अभिनय रहेको छ । म्यूजिक भिडियो प्रेम-प्रसंग संग आधारित मनोरञ्जनात्मक गीत रहेको निर्माण पक्षका तर्फबाट निर्माता नवीन के शर्माले जानकारी दिनुभएको छ ।