• सलोनी शंकल्प स्नेह छात्रवृत्ति कोष ५१६७०हेर्नुस् आज मिति २०७८साल कार्तिक १ गते, साेमवारको राशिफलराष्ट्रिय फुटबल टोलीको प्रदर्शनले नयाँ आशा जगाएको छः युवा तथा खेलकुदमन्त्री गहतराजदशैंमा बिदापछि आजबाट सरकारी कार्यालय खुल्ला हुनेआईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आजबाट शुरु हुँदैविजया दशमीको तेस्रो दिन आज पनि आफन्तजन तथा मान्यजनबाट टीका लगाउने र आर्सीवाद लिनेक्रम जारीगएराति काठमाडौं उपत्यकालगायत देशका विभिन्न भूभागमा हावाहुरीसहित वर्षादशै पछि प्रकृतिसंग एकछिनPakistan emphasizes to scale up investment in sustainable, resilient water infrastructureदसैँको पहिलो टीका लगाइसकेका जिल्लाका किसानलाई अहिले धान काट्न भ्याइनभ्याई

    नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयको उद्घाटन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार ०६:११

    काठमाडौं, २ असोज । माधव नेपालले आफ्नो पार्टी नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयको उद्घाटन गरेका छन् । आज (शुक्रबार) बिहान आलोकनगरमा स्थापना गरिएको पार्टी कार्यालयको अध्यक्ष नेपालले रिबन काटेर उद्घाटन गरेका हुन् । पार्टी कार्यालयको उद्घाटन गर्दै अध्यक्ष नेपालले पार्टी देश र जनताप्रति समर्पित हुने बताउँदै सोहीअनुसार आफ्नो भूमिकामा खरो उत्रिन नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । त्यस्तै, उनले आगामी असोज ५ गतेसम्म सरकारले पूर्णता पाउने पनि विश्वास दिलाएका छन् ।

    पार्टी कार्यालय ५ वर्षको लागि भाडामा, मासिक भाडा तीन लाख

    उक्त पार्टी कार्यालय ५ वर्षको लागि भाडामा लिईएको नेताहरुले बताएका छन् । र, घरको भाडा मासिक तीन लाख रुपैयाँ पर्ने पनि जनाईएको छ । एमाले विभाजन गरेर माधव नेपालले नेकपा (एकीकृत समाजवादी) दल दर्ता गरेका हुन् । निर्वाचन आयोगले मान्यता दिएपछि देशव्यापी रुपमा अहिले नेकपा (एकीकृत समाजवादी) दलको जिल्ला कार्यालयहरु खोलिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु