• पछिल्लो २४ घन्टामा १ हजार २ सय ३७ जना संक्रमणमुक्त

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार १७:२८

    काठमाडौं, २ असोज । आज नेपालमा कोरोना भाइरसका १ हजार ६६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ८३ हजार ९ सय १० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    त्यस्तै, आज १ हजार २ सय ३७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ४७ हजार ८ सय जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ८ हजार ५ सय ४० पिसीआर र २ हजार ८ सय १८ एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु