• विमानस्थलको श्रम डेस्कमा मन्त्री श्रेष्ठको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशनभष्ट्राचार मुक्त राज्य सन्यन्त्र र सेवा मुखी प्रशासनको कल्पनामा नै आगामी चुनाबमा स्थापित हुने आधार हुनरोटरी क्लब अफ कपनले विश्व पोलियो दिवस मनायो "पछिल्लो २४ घण्टामा देशैभरी थपिए ५५७ कोरोना संक्रमित, ३ जनाको मृत्युआज बजार परिसूचक २७ दशमलव ५१ अकंले बढेर समग्र परिसूचक २५८४ दशमलव ५२ बिन्दुमाआबुधाबी डाइलग’ मा सहभागि हुन मन्त्री श्रेष्ठ सहितको टोली दुबई प्रस्थानबैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई काठमाण्डौं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुमा १५% छुटमनीष र रोनिशा पहिलोजिम्न्याष्टिक टोलीको बिदाइमिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१' को ताज रोजक र सुहानीको शिरमा

    किनबेच विजनेस डटकमद्धारा डिजिटल प्ल्याटफर्ममार्फत नेपाली सामाग्री विश्वबजारमा पुर्याउने अभियानको शुभारम्भ

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार १७:३७

    काठमाडौँ, २ असोज । किनबेच विजनेस डटकमले डिजिटल प्ल्याटफर्ममार्फत नेपाली सामाग्रीहरुलाई विश्वबजारमा पुर्याउने अभियानको शुभारम्भ गरेको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयेजना गरेर किनबेच विजेनस डटकमको औपचारिक उद्घाटन गरिएको हो ।

    उक्त प्ल्याटफर्मले ‘एक घर, एक उद्योग’ मिशनका साथ नेपाली युवाहरुलाई रोजगरी तथा विजनेस गर्न प्रेरित गर्नुको साथै मार्गदर्शनसमेत दिने भएको कम्पनीका सिइओ विश्वास बडुले जानकारी दिए । उनकाअनुसार प्रत्येक दिन पन्ध्र सयभन्दा बढिको संख्यामा विदेशिन बाध्य भएका युवाहरुलाई नेपालमै उद्योग सञ्चालन गर्न प्रेरित गर्ने कम्पनीले लक्ष्य बोकेको छ । उक्त प्ल्याटफर्ममार्फत प्रत्येक नेपालीको आयस्रोतमा वृद्धि हुने र नेपाल समृद्व हुनेपनि दाबी गरिएको छ ।

    कार्यक्रममा किनबेच विजनेस डटकमका सिइओ तथा संस्थापक विश्वास बडुले उक्त प्ल्याटफर्मलाई अन्र्राष्ट्रियकरण गर्न आफूहरु लागिपरेको बताए । उनले भने,‘किनबेच विजनेस डटकमलाई हामीले आज औपचारिक रुपमा उद्घाटन गरेको छौँ । यसमा तपाईहरुले किन्न अथवा बेच्नसक्ने व्यवस्था गरिएको छ । यस प्रविधियुक्त प्रणालीले प्रत्येक घरमा एक उद्योग बनाउन सक्नेछ ।’ कुनैपनि लगानी गर्न चाहने व्यक्तिहरुले ८० प्रतिशत लगानी गरे कम्पनीले २० प्रतिशत लगानी गरिदिने समेत उनले बताए ।

    कम्पनीले कुनै सामाग्रीलाई व्यवसायीकरण गर्नसक्ने बताए । किनबेचको एप प्ले स्टोरमा सार्वजनिक भइसकेको र एप्पल स्टोरमा छिट्टै आउने उनले जनाए । कुनै उद्योग वा सामान आफूले बेच्न वा खरिद गर्न इच्छा छ भने कम्पनी पूर्ण सहयोग गर्न उनले प्रतिबद्वता व्यक्त गरेका छन् । उनले भने, ‘हामीले कुनै व्यक्तिको सामान बेचिदिए बापत १० प्रतिशत लिनेछौँ । हामीलाई कम्पनी उकास्न कसैले डोनेशन दियो भने हामीले लाभांस समेत दिने छौँ । यस कम्पनीलाई हामी विश्वव्यापी रुपमा परिचित गर्ने लक्ष्य लिएका छौँ ।’

    आफूहरुको उक्त प्रयास र पाईलामार्फत सम्पूर्ण नेपालीको विकास हुने र प्रत्येक नेपालीको अर्थव्यवस्था सुध्रिने पनि उनले विश्वास व्यक्त गरेका छन् । त्यस्तै, उद्योग÷धन्दा गर्न चाहनेहरुलाई कम्पनीले सहुलियतमा मेसिन तथा कच्चा पदार्थपनि उपलब्ध गराउने उनको भनाई छ ।

    त्यसैगरी कार्यक्रममा वैज्ञानिक तथा माइन्ड काउन्सेलर कपिल पौड्यालले देश बनाउन व्यक्ति बनाउनुपर्ने बताए । उनले भने,‘देश युवाले बनाउँछन्, नेताले देश बनाउँदैनन् । नेताहरुको पछाडि लागेका युवाहरु शंख र मूर्खको पात्र हुन् ।’ उनले विदेशबाट आएका युवाहरुले विदेशमा हुँदा हाँसिल गरेका सिप, ज्ञान र दक्षतालाई नेपालमा प्रयोग गर्दै आएको सुनाउँदै अहिले नयाँ शिपका साथ किनबेच विजनेस स्टार्ट गरको बताए । उक्त प्रविधिमार्फत प्रत्येक घरबाट विजनेस गर्नसकिने उनले बताए ।

    उनले भने,‘जडिवुटी, स्याउ, ओखर हामीले बाहिरबाट ल्याउनुपर्ने अवस्था छ । यसको उत्पादन हामी देशमै गर्न सक्छौं । घरदैलोमा गएर हामी टे«निङ दिने छौँ ।’ उनले प्रत्रकारलाई आफ्नो कमाईको १० प्रतिशत इनभेस्ट गर्नसमेत आग्रह् गरे । उनले भने,‘ज्ञान नभएको व्यक्तिले गर्दा देशको यस्तो दुर्दशा छ । म अमेरिका छाडेर देशलाई प्रविधिमैत्रि बनाउन आएको हो । मैलै आफ्नो योजनालाई कार्यान्वयन गराउनको लागि प्रधानमन्त्री निवास पुगेका थिएँ । तर, मलाई प्रधानमन्त्रीको झोलेले भेट्न दिएन ।’ उनले आफूसँग जमिनभित्र रहेको यार्सागु्म्बा पत्ता लगाउन यन्त्र रहेको पनि बताए । नेपालमा बुझ्नसक्ने व्यक्तिको खाँचो रहेको स्पष्ट पारे ।

    उनले भने,‘नेपालमा स्काइ वाकरको प्रविधिमा जोड दिइरहेको छु । म यस्को लागि प्रयासरत छु । पैसा हुनेवित्तिकै म स्काईवाकर बनाएर देखाइदिन्छु ।’ नयाँ प्रविधिले देशको निर्माण गर्न सकिने उनको जिरह छ ।
    उनले नेपालीहरु विशेष क्षमताको रहेको भन्दै कोही पनि सामान्य नरहेको जिकिर गरे । उनले भने,‘वैज्ञानिक रुनुपर्ने देश हो यो । हाम्रो देश त डन, माफिया, आतंकवादीको हातमा छ । स्काइ वाकर निर्माण गरेपछि प्रत्येक जिल्लाबाट बेस्ट ब्रेनलाई देश बनाउन तयार पार्छौ ।’ उनले किनबेच विजनेस डटकमको कारण प्रत्येक घरमा रेगुलर इनकमको विकास हुने विश्वास दिलाए । एजुकेशन सिस्टम चेन्ज गर्न हिम्मत राख्नुपर्ने उनको भनाई थियो । सरकारलाई प्रत्येक विषयमा घच्घच्याउन आवश्यक रहेको उनले बताए । उनले भने,‘डोनेसन भन्दा पनि इन्भेस्ट गर्नुुस । एलोन मस्क भन्दा कम छैनौं । नेपाली जनता भेडा होइनन् । नपाइपछि के गर्ने । देशले मान्छे खोजिरहेका छन् ।’ पत्रकारहरुलाई नेताहरुको पछाडि नलाग्न सुझाए ।

    त्यसैगरी कार्यक्रममा कम्पनीका फाउण्डर यशराजले किनबेच विजनेस डटकमको मुख्य उद्देश्य ‘एक घर, एक उद्योग’ रहेको बताए । उनले भने,‘हामी युवाहरु नेपालमा काम नभएर विदेसिन्छौँ । म पनि जापान बसें, ज्ञान लिएर त्यहाँ प्रयोग हुने प्रविधिलाई यहाँ ल्याउन प्रयत्न गरेको छु । स्वास्थ्यको ख्याल गरी हामीले स्वच्छ सामाग्री प्रदान गर्नेछौ ।’

    खेर गएका सामानलाई समेत उचित प्रयोग गरी व्यवसायमा ल्याउने प्रयास आफूहरुले गरिरहेको उनको भनाई छ । उनले भने,‘विदेश गएर कमाउने पैसा हामीले यही कमाउन सक्छौँ । यही युवाहरुले चाहे अनुसारको उद्योग खोल्न सक्नेछन् । हामी उनीहरुलाई मार्गनिर्देशन दिन्छौँ । स्थापना गरिदिन्छौँ ।’

    उनले आफूहरु उक्त किनबेच विजनेश डटकमलाई ब्राण्डको रुपमा स्थापित गर्न लागिपरेको सुनाए । उनले आगामी पाँच वर्षभित्र हजारौ युवालाई रोजगरी दिने पनि प्रतिबद्धता जनाए । उक्त मिशनमा सम्पूर्ण नेपालीलाई सहयोग गरिदिन पनि आग्रह समेत गरे । उनले भने,‘विदेश नजाऔं । हामीसँग भेट्नुस । कमाउने कुराको हामी ग्यारेन्टी दिन्छौँ। नभए हामीलाई भन्नुस । देश बनाउन हामी युवाहरु नै अगाडि बढ्नुपर्छ ।’

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु