• सलोनी शंकल्प स्नेह छात्रवृत्ति कोष ५१६७०हेर्नुस् आज मिति २०७८साल कार्तिक १ गते, साेमवारको राशिफलराष्ट्रिय फुटबल टोलीको प्रदर्शनले नयाँ आशा जगाएको छः युवा तथा खेलकुदमन्त्री गहतराजदशैंमा बिदापछि आजबाट सरकारी कार्यालय खुल्ला हुनेआईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आजबाट शुरु हुँदैविजया दशमीको तेस्रो दिन आज पनि आफन्तजन तथा मान्यजनबाट टीका लगाउने र आर्सीवाद लिनेक्रम जारीगएराति काठमाडौं उपत्यकालगायत देशका विभिन्न भूभागमा हावाहुरीसहित वर्षादशै पछि प्रकृतिसंग एकछिनPakistan emphasizes to scale up investment in sustainable, resilient water infrastructureदसैँको पहिलो टीका लगाइसकेका जिल्लाका किसानलाई अहिले धान काट्न भ्याइनभ्याई

    गुरुङको नेतृत्वमा ‘सेभ द नेशन मुभमेन्ट’ सुरु

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार १९:५५

    काठमाडौं । सेभ द नेशन मुभमेन्टले देशको रक्षा र जनताको हक अधिकार स्थापनाको लागि आफ्नो अभियान सुरु गरेको छ ।
    काठमाडौंमा शनिबार आयोजित सेभ द नेशन मुभमेन्ट घोषणाको पत्रकार सम्मेलनमा कार्यक्रममा संयोजक काशिराम (प्रसाद) गुरुङले अभियान सबैको साझा भएकाले यसलाई सफल पार्न राजनीतिक दल र सर्वसाधारणको पनि सहयोगी भूमिका रहनुपर्ने बताए । उनले राजनीतिक दलहरु र नेताहरुको गलत सोचका कारण देशले विकासमा फड्को मार्न नसकेको स्पष्ट पारे । राष्ट्रियतामाथि संकट आइपर्दा कुनै पनि नागरिक चुप लागेर बस्न नहुने बताए । उनले दिनैपिच्छे राष्ट्र र राष्ट्रियता संकटमा पर्दैै गरेकाले अयिभान थालेको पनि स्पष्ट पारेका छन् । मुभमेन्टले पटकपटक भएको राजनीतिक परिवर्तनपछि पनि कुनै पनि पार्टीहरुले जनताको पक्षमा काम नगरेको ठहर गरेको छ । गाउँका जनता सामान्य बिरामी हुँदा सिटामोल खान नपाएको तर नेताहरु भने विदेशमा उपचार गर्न प्रतिष्पर्धा गरिरहेकोमा पनि उनले आपत्ति जनाए ।
    मुभमेन्टले संविधान परिमार्जन गर्न पनि सरकारसँग माग गरेको छ । संयोजक गुरुङले संविधान परिमार्जन गर्नुपर्ने नभए खारेज नै गर्नुपर्ने तर्क राखेका छन् । मुभमेन्ट सबैको साझा भएको र यसमा राजनीति नमिसिएको उनको भनाई छ । उनले भोलिको दिनमा यही अभियानले पार्टीको रुप लिने र देशव्यापी संगठन गर्न सकिने पनि जनाए । संयोजक गुरुङले सरकारले शिक्षा, स्वास्थ्य र रोजगार दिने नाममा व्यापार गरेको आरोप लगाए ।
    उनले राष्ट्रिय एकता, राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, मानव अधिकारको रक्षा गर्नेलगायतका योजना अघि सारेर मुभमेन्टको सुरुवात गरिएको बताए । उनले सबैको अधिकार स्थापना नहुन्जेल मुभमेन्ट नरोकिने समेत दाबी गरे । भ्रष्टाचार निर्मूल गर्ने र नेपाललाई शान्ति क्षेत्र बनाउन अन्तर्राष्ट्रिय समन्वय गरी समृद्ध नेपाल निर्माण गर्ने पनि मुभमेन्टको लक्ष्य रहेको छ ।
    अर्को प्रसंगमा युनिटी लाइफका अध्यक्षसमेत रहेका गुरुङले पीडितको पैसा फिर्ता दिने घोषणा गरेका छन् । उनले युनिटीबाट पीडित भएकाहरुको पैसा फिर्ता दिन तयार भए पनि सरकारले रोक लगाएको समेत बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु