• नेकपा(एकीकृत समाजवादी)कामपा वडा न २ को कमिटी गठन,संयोजकमा उदय कंशाकार

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार २०:२५

    काठमाडौं । नेकपा एकिकृत समाजवादीको काठमाडौं महानगरपालिका वडा नं. २ मा वडा कमिटी गठन भएको छ । नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठकाे उपस्थितिमा भएको कार्यकर्ताहरू भेटघाट एवम् भेलाले उदय कंशाकार अध्यक्षतामा सचिब मचाकाजी डंगोल
    सहसचिव शिव कुमार मानधर कोषाध्यक्ष दैब्गय बज्राचार्य सहित ४१ सदस्यीय कमिटी चयन गरेको हो।

    उक्त कार्यक्रममा केन्द्रीय सदस्य प्रभा बर्जाचार्य प्रदेश कमिटी सदस्य बाल कृष्ण श्रेष्ठ क्षेत्र न:५ को ईन्चार्ज हरि भत्त श्रेष्ठ,संयोजक आर के सेढाई काठमाडौं महानगरका अध्यक्ष रामेश्वर श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर ५ का सदस्य श्यामकाजी शाही नेपाली कांग्रेस काठमाडौं वडा नम्बर २ का नेता किरण मिश्र लगायतको उपस्थित रहेको थियोे ।

    कार्यक्रममा सम्बोधन गर्दै नेताहरुले नेकपा एकिकृत समाजवादी पार्टी नै सहिमा लाइन भएको कुरामा जोड दिदै नवगठित कमिटीलाई बधाई तथा शुभकामना दिएका थिए ।



    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु