असोज ४ गतेदेखि भेरोसिलको दोस्रो खोप दिइने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ आश्विन २ गते, शनिबार २०:३६

नमराज भट्ट
काठमाडौं, ०२ असोज २०७८

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले असोज ४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’को दोस्रो मात्रा लगाउने भएको छ।

सरकारले हिजो चीनबाट ४४ लाख मात्रा भेरोसेल खोप नेपाल ल्याएको थियो।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाका एक सय ४५ खोप केन्द्रबाट भेरोसेल खोपको दोस्रो मात्रा लगाउने भएको हो।

कार्यालयले असोज ४ देखि ६ गतेसम्म खोप केन्द्रमा गई खोप लगाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ। कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्री बहादुर खड्काका अनुसार खोप लगाउनका लागि काठमाडौं महानगरपालिकामा ३२, कीर्तिपुरमा १०, चन्द्रागिरिमा १५, नागार्जुनमा १०, तारकेश्वर ११, दक्षिणकालीमा ९, बूढानीलकण्ठमा १३, टोखामा ११ तथा गोकर्णेश्वर, शङ्करापुर र वागेश्वरी मनहरामा ९ खोप केन्द्र तोकिएको छ।

यस्तै गरी काठमाडौं महानगरपालिकामा थप ७ खोप केन्द्र तोकिएको छ। नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, वीर अस्पताल, त्रिवी शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा पनि खोप केन्द्र तोकिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु