• विमानस्थलको श्रम डेस्कमा मन्त्री श्रेष्ठको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशनभष्ट्राचार मुक्त राज्य सन्यन्त्र र सेवा मुखी प्रशासनको कल्पनामा नै आगामी चुनाबमा स्थापित हुने आधार हुनरोटरी क्लब अफ कपनले विश्व पोलियो दिवस मनायो "पछिल्लो २४ घण्टामा देशैभरी थपिए ५५७ कोरोना संक्रमित, ३ जनाको मृत्युआज बजार परिसूचक २७ दशमलव ५१ अकंले बढेर समग्र परिसूचक २५८४ दशमलव ५२ बिन्दुमाआबुधाबी डाइलग’ मा सहभागि हुन मन्त्री श्रेष्ठ सहितको टोली दुबई प्रस्थानबैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई काठमाण्डौं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुमा १५% छुटमनीष र रोनिशा पहिलोजिम्न्याष्टिक टोलीको बिदाइमिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१' को ताज रोजक र सुहानीको शिरमा

    सुस्ताएको सरसफाइ अभियानले फेरी गतिलिन थाल्यो

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार २०:५२

    काठमाडौं । २०७० सालमा आधिकारीक रुपमा शुरुभएको बागमती सफाइको नियमितता संगै काठमाडौं उपत्यका तथा देशैभरी सयौं अभियानहरु संचालन भईरहेका छन ।
    बिगत २ वर्ष देखि विश्वलाईनै आक्रान्त बनाईरहेको कोरोना भाइरसको कारण केहि समयदेखि सूस्ताएको सफाइ अभियानहरुले कोरोनाको मनोसामाजिक डर बिस्तारै हट्दै गए संगै गति लिन थालेको छ।

    २०७४ बैसाक २ गते बाट शुरुभएको चक्रपथ सरसफाइ अभियानलेपनि आफ्नो २३३ औं हप्ताको नियमित कार्यक्रम बसुन्धारा तिर्लिङ्गेटार आसपास सफाइ गरी सम्पन्न गरेको छ ।
    बिभिन्न सफाई कम्पनिका प्रतिनिधिहरु , सरसफाई मजदुरहरु , सफाई अभियन्ताहरु ,स्थानियहरु ,नेपाल प्रहरी, ट्राफीक प्रहरी लगाएतको सहभागितामा ग्रीनसिटी अस्पताल देखि बसुन्धारा चौकी सम्म सफाइ गरीएको थियो ।फोहर ब्यबस्थापनको गाडी काठमाडौं महानगरपालिकाले गरेको थियो ।

    कार्यक्रममा साउण्ड सिस्टम भ्रष्टचार बिरुद्ध नागरिक अभियानले ब्यबस्था गरेको थियो भने आवस्यक पन्जा र फोहर उठाउने झोला ग्रनिसिटी अस्पतालले ब्यबस्था गरेको थियो ।
    ग्रीनसिटी अस्पतालका अध्यक्ष लोक बहादुर टण्डन को संयोजकत्वमा शुरुभएको अभियानमा पहिलो पटक बिभिन्न सामाजिक ब्यक्ति हरुलाई जिम्मेवारी तोकेर अभियानलाई ब्यापक बनाउने निर्णय गरे संगैं अभियानले गति लिएको हो ।
    अभियानको संयोजकमा टण्डन स्वयं रहनेगरी ब्यबस्थापकमा डिबि पराजुली , कला संस्कृति तथा साउण्ड सिस्टम ब्यबस्थापन मा तिलक बस्नेत , संघ संस्था समन्वयमा जित बहादुर हमाल ,विद्यार्थि तथा शैक्षिक क्ष्ोत्र समन्वयमा धनिश्वर पाण्डे र फोहर ब्यबस्थापन संघ संस्था ÷ कम्पनि समन्वयमा मुकुन्द सिलवाल लाई जिम्बेवारी दिइएको छ भने बाँकि अन्य बिभाग हरु बनाएर अभियानलाई अझ ब्यापक बनाउने लामो समयदेखि अभियानमा सकृय भुमिका निर्वाह गरेका मुकुन्द सिलवालले बताउनु भयो ।
    कार्यक्रमको समापनको क्रममा अभियानको सकृय अभियन्ता लिला खनालको जन्मदिन मनाउँदै संयोजक लोक बहादुर टण्डन ले खादा लगाएर सम्मान गर्नु भएको थियो ।अभियान भनेको एउटा परिवार भएकोले यसका सदस्य हरुको दुखः सखमा आफु सधैं साथ रहने पनि संयोजक टण्डनले बताउनु भयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु