• ३०० घरधुरी बिपन्न परिवारलाई एनआरएनए बाट राहत सामग्री हस्तान्तरणश्रममन्त्री श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री अवारबीच भेटवार्ताखेलकुद मन्त्रीको स्वागतसुमनको सहयोगबाग्मती प्रदेशमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयले आह्वाननेप्से आज १८.०६ अंकले बढेर दुई हजार ७ सय ६९ दशमलब १३ विन्दुमापछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टिआपसी समझदारीमा नै न्यायालयको समस्या समाधान गर्नुपर्छ, भोलिसम्म सोलुसन निस्कियोस भन्ने शुभेच्छा छ’ : पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीPakistan Embassy helds talk Programme on Kashmir Disputeयस्तो छ आज देशभरिको मौसम पूर्वानुमान

    राष्ट्रपतिद्धारा शेरवहादुर खड्का स्मृति प्रतिष्ठान सम्मानित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३ आश्विन २०७८, आईतवार १८:३४

    काठमाडौ ।संविधान दिवस २०७८ को अवसरमा सम्माननीय राष्ट्रपतिबाट शेरवहादुर खड्का स्मृति प्रतिष्ठान सम्मानित भएको छ । नेपाली खेलकुद विशेष गरि राष्ट्रिय खेल महिला भलिबलको विकास र विस्तारमा पु¥याएको योगदानको कदर गदै प्रतिष्ठान जन सेवाश्री पदकले राष्ट्रपतिबाट विभूषित भएको हो । प्रतिष्ठान स्थानपना काल २०७० सालदेखिनै खेलकुद र सामाजिक कार्यमा सक्रिय रहदै आएको छ । प्रतिष्ठानले लगातार पाँचौ संस्कार सम्म राष्ट्रिय महिला भलिबल सम्पन्न गरि सकेको छ । खेलाडी तथा प्रशिक्षक सम्मानमा पनि प्रतिस्ठानले आफ्नो महत्वपूर्ण सहभागिता जनाउदै आएको छ । शेरवहादुर खड्का स्पेशल आवार्डबाट राष्ट्रिय महिला खेलाडीलाई आर्कषक नगद पुरस्कार सहित प्रतिष्ठानले एक महिला खेलाडीलाई प्रत्येक बर्ष सम्मान गदै आएको छ । यस बर्ष पनि नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाहिलाई नगद ५० हजारले यहि हप्ता सम्मान गर्ने कार्यक्रम रहेको छ । प्रतिष्ठानले ६ जना महिला खेलाडीलाई छात्राबृति प्रदान गदै आएको छ । प्रतिष्ठानले यस बर्ष राष्ट्रिय महिला भलिबलको छैटौं संस्करण माघ महिनामा आयोजना लक्ष्य राखेको प्रतिष्ठानले जानकारी गराएकोछ ।
    तत्कालीन बालकोट गाउँ पञ्चायतमा लगातार १५ वर्ष प्रधान पञ्च हुदै नेपाल किसान संगठनको भक्तपुर जिल्ला अध्यक्ष समेत भएर बालकोटको पुलपुलेसो–बाटोघाटो,विद्यालय, बिजुलीबत्ती, खानेपानी लगायतका विकासको पूर्वाधार निर्माण महत्वपूर्ण भूमिका निर्वाह गरेका स्वर्गिय खड्काकी धर्मपत्नी गमली खड्का संरक्षक रहनु भएको छ । वहाँको सुपुत्र भलिबलका राष्ट्रिय खेलाडी बैंकर प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले प्रतिस्ठानको गतिविधिमा महत्वपूर्ण भूमिका निर्वाह गदै आउनु भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु