बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचनसुष्मा र अस्मिता सेमिफाइनलमाच्याम्पियनसीप एमेच्योर सदभावलाई उपाधिनेपाल भलिबल संघ र केल्मीबीच तीन वर्षका लागि नयाँ सम्झौताराष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणाजनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले विशाल जनप्रदर्शन गर्नेग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राममा सानोभर्याङ ठुलोभर्याङ इकाई विजयीआज चैत १६ गते शुक्रबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफलसंचारकर्मी रिजाल सक्रिय राजनीतिमामहिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

जन्म भूमि पर्वतबाट एनआरएनए को दसौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ आश्विन ४ गते, सोमबार १४:२३

काठमाडौं–गैरआवासीय नेपाली संघ(एनआरएनए) को दसौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका छन् । कुश्मामा आइतबार, पर्वत बाग्लुङ र म्याग्दीका पत्रकारहरुको सम्मेलन गरि यही कार्तिक ६ देखि ८ गते (अक्टोबर २३ देखि २५)सम्म काठमाडौमा हुने महाधिवेशनका लागि अध्यक्षको उमेद्वारी घोषणा गरेका हुन् ।
पर्वतको जलजला गाउँपालिका–७ धाइरीङमा जन्मिएर हाल बेलायतमा ब्यवसाय गरेका आचार्यले यसअघि एनआरएनएको विभिन्न पदमा रहेर काम गरेका छन् । सन् २००३ देखि गैह्रआवासीय नेपाली संघको अभियानमा आवद्ध आचार्य गैरआवासीय नेपाली संघ बेलायतको कार्यसमिति सदस्य, उपाध्यक्ष हुँदै अध्यक्ष बनेका थिए । त्यसपछि सन् २०१३ मा अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य, युरोप संयोजक हुँदै सन् २०१७–१९ मा संघको उपाध्यक्ष बनेका थिए । संघको नवौं विश्व सम्मेलन तथा महाधिवेशनमा अध्यक्षका प्रतिस्पर्धी रहेका आचार्य कुमार पन्तसँग झिनो मतान्तरले पराजित भएका थिए ।
कार्यक्रममा सुस्तामा बिद्यालय, जुम्लामा प्रसुतिगृह, शंखमुलमा उद्यान, एनआरएनएको लगानी भित्र्याउन इन्भेष्टमेन्ट कम्पनी खेल्ने लगायतका कामको अगुवाई गरेका आचार्यले ८५ देशमा रहेका ८० लाख गैरआवासीय नेपालीहरुको भावना अनुसार संस्थालाई मर्यादित र बिश्वमै प्रतिष्ठित बनाउने प्रतिवद्धता जनाए । प्रवासीलाई जन्मथलो र गाउँसंग जोड्ने, गैरआवासीय नागरिकताको ब्यवस्था दोहोरो श्रम स्विकृति, एनआरएनएको लगानीलाई पारदर्शी र मुनाफामुलक बनाउने मुद्दालाई सारेको आचार्यले बताए । ‘नेपालमा प्रवासीको लगानी भित्र्याउन र भित्रिएको लगानी सुरक्षाका लागि एनआरएनए नागरिकता आवश्यक छ,’ उनले भने ‘प्रवासमा रहेका नेपालीहरुलाई आफ्नो देशसँग जोड्न गैरआवासीय नागरिकताको ब्यवस्था हुनुपर्छ ।’
नेपालबाट पुँजी पलायन रोक्न र बाहिरबाट पुँजि भित्र्याउने बिषयमा बहस गर्नुपर्ने उजले बताए । सरकारी निकायसंग समन्वय गरेर नेपालबाट बिदेशिने कामदारको क्षमता र दक्षता बढाउन प्रयास गर्ने बताए । ‘कोभिड १९ का कारण ठूलो संख्यामा नेपालीहरुले रोजगारी गुमाएर स्वदेश फर्कनु भएको छ,’ उनले भने ‘स्वदेश फर्केका नेपालीहरुका लागि रोजगार सिर्जना गर्न सघाउन मैले ’एक एनआरएन एक रोजगार’ भन्ने अवधारणा अगाडि सारेको छु । ’
प्रवासमा नेपाली भाषा, संस्कृति र सम्पदाको रक्षा गर्ने कुरामा आफूले जोड दिंदै आएको सुनाए । महाधिबेशन प्रतिनिधी चयनमा देखिएको बिवाद बिधान अनुसार समाधान हुनुपर्ने र परराष्ट्र मन्त्रालयले छिटो छानबिन गरेर तोकिएकै मितिमा महाधिवेशन गर्ने बातावरण बनाउन आग्रह गरे । उमेम्दवारी घोषणाको क्रममा आचार्यले जन्मथलो धाइरीङको किराखोरका पहिरो पिडितको पुर्नवासका लागि दश लाख र कुश्माको गुप्तेश्वर बहुमुखी क्याम्पसमा स्नाकोत्तर तहको पठनपाठन सञ्चालन गर्न एक लाख पचास हजार ब्यक्तिगत सहयोग गर्ने जानकारी गराए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु