• ३०० घरधुरी बिपन्न परिवारलाई एनआरएनए बाट राहत सामग्री हस्तान्तरणश्रममन्त्री श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री अवारबीच भेटवार्ताखेलकुद मन्त्रीको स्वागतसुमनको सहयोगबाग्मती प्रदेशमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयले आह्वाननेप्से आज १८.०६ अंकले बढेर दुई हजार ७ सय ६९ दशमलब १३ विन्दुमापछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टिआपसी समझदारीमा नै न्यायालयको समस्या समाधान गर्नुपर्छ, भोलिसम्म सोलुसन निस्कियोस भन्ने शुभेच्छा छ’ : पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीPakistan Embassy helds talk Programme on Kashmir Disputeयस्तो छ आज देशभरिको मौसम पूर्वानुमान

    बर्लिन म्याराथनमा पार्की

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलवार १५:०६

    काठमाडौं, असोज ५ गते ।
    गोपीचन्द्र पार्कीले विश्व चर्चित म्याराथन मध्येको एक बर्लिन म्याराथन सहभागिता जनाउने भएका छन् । सेप्टेम्बर २६ तारिखमा हुने म्याराथनका लागि पार्की मंगलबार राती ८ः४० बजे कतार एयरवेजबाट बर्लिन प्रस्थान गर्ने छन् ।
    प्रशिक्षकमा सन्तोष श्रेष्ठ छन् । उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले मंगलबारै बिदाइ गरे । टोलीको हवाइ टिकट राखेपले व्यवस्था गरिदिएको हो । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता पार्कीको व्यक्तिगत उत्कृष्ट टाइमिङ २ घण्टा १८ मिनेट ५९ सेकेन्ड रहेको छ ।
    यसैबीच नेपालगन्ज म्याराथन आयोजक क्रिएटिभ ह्यान्ड्सले पनि पार्की र श्रेष्ठलाई मंगलबारै छुट्टै कार्यक्रम आयोजना गरी बिदाइ ग¥यो । सदस्य–सचिव सिलवाल, क्रिएटिम ह्यान्ड्सका अध्यक्ष टीएस ठकुरीलागयतले उनीहरुलाई बिदाइ गरे । त्यस अवसरमा क्रिएटिभ ह्यान्ड्सले पार्कीलाई मायाको चिनो स्वरुप ट्रयाक सुट, ब्याग र टिसर्ट प्रदान गरेको थियो । श्रेष्ठलाई टिसर्ट प्रदान गरियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु