• विमानस्थलको श्रम डेस्कमा मन्त्री श्रेष्ठको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशनभष्ट्राचार मुक्त राज्य सन्यन्त्र र सेवा मुखी प्रशासनको कल्पनामा नै आगामी चुनाबमा स्थापित हुने आधार हुनरोटरी क्लब अफ कपनले विश्व पोलियो दिवस मनायो "पछिल्लो २४ घण्टामा देशैभरी थपिए ५५७ कोरोना संक्रमित, ३ जनाको मृत्युआज बजार परिसूचक २७ दशमलव ५१ अकंले बढेर समग्र परिसूचक २५८४ दशमलव ५२ बिन्दुमाआबुधाबी डाइलग’ मा सहभागि हुन मन्त्री श्रेष्ठ सहितको टोली दुबई प्रस्थानबैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई काठमाण्डौं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुमा १५% छुटमनीष र रोनिशा पहिलोजिम्न्याष्टिक टोलीको बिदाइमिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१' को ताज रोजक र सुहानीको शिरमा

    ग्राण्डी इन्टरनेशनल हस्पिटलमा ७५ जनाको मिर्गौला प्रत्यारोपण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलवार १९:५३

    काठमाडौंको धापासीमा रहेको ग्राण्डी इन्टरनेशनल हस्पिटलमा सफलतापूर्वक ७५ जनाको मिर्गौला प्रत्यारोपण गरिएको छ। ग्राण्डी इन्टरनेशनल हस्पिटलबाट ११ जुलाइ २०१६ देखि प्रत्यारोपण सेवा सुरु गरिएको थियो। सरकारी संलग्नता बाहेक निजि क्षेत्रको संलग्नतापछि ग्राण्डी इन्टरनेशनल हस्पिटलमा सबैभन्दा धेरै प्रत्यारोपण भएको हस्पिटलमा आयोजित एक कार्यक्रममा युरोलोजी बिभाग प्रमुख प्रा. डा. प्रेम राज ज्ञवालीले बताउनु भयो । उनका अनुसार महिनामा पाँच जनाको मिर्गौला प्रत्यारोपण भइरहेको छ । कार्यक्रममा नेफ्रोलोजी बिभाग प्रमुख प्रा. डा. दिव्या सिंह शाहले निजि क्षेत्रमा ग्राण्डी इन्टरनेशनल हस्पिटलले मिर्गौला प्रत्यारोपणमा प्राप्त गरेको उपलब्धि अरु संग तुलना गर्न नसकिने बताउनु भयो । पूर्वाधार, आधुनिक प्रबिधि र अनुभबी टिमका कारण सफलता प्राप्त भएको डा. शाहको भनाई छ ।

    हस्पिटलले मुलुकमै पहिलोपटक ल्याप्रोस्पिक प्रबिधि मार्फत प्रत्यारोपण सेवा दिईरहेको छ। यसका अलावा कुनै पनि शल्यक्रिया नगरी आर आइ आर एस (RIRS) प्रबिधि मार्फत पथरीको शल्यक्रिया तथा By polar TURP प्रबिधिबाट नेपालमै पहिलो पटक प्रोस्टेटको शल्यक्रिया समेत गरिन्छ। बिश्वका बिकशित देशहरुमा उपलब्ध मुत्ररोगसंग समन्धित सम्पूर्ण उपचार र शल्यक्रियाको सुबिधा ग्राण्डी इन्टरनेशनल हस्पिटलमा रहेको कार्यक्रममा जानकारी दिइयो।

    कार्यक्रममा हस्पिटलका प्रमुख कार्यकारी निर्देशक डा. अशोक बर्द्धन तथा डेप्युटी मेडिकल डाइरेक्टर डा. बिनोद बिजुक्छे लगायतले हस्पिटलद्वारा आगामी दिनहरुमा बिस्वस्तरीय सुबिधासंगै आधुनिक प्रबिधिलाइ निरन्तरता दिने जानकारी दिए।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु