आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

प्राइभेट फर्म दर्ता गर्न बनेको विद्येयकले जनताको पक्षमा : सांसद दवाडी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ आश्विन ६ गते, बुधबार ०६:१३

काठमाडौँ, ५ असोज । गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले गण्डकी प्रदेशमा अघिल्लो सरकारले तीन वर्षमा गर्न नसकेको काम वर्तमान सरकारले गरेको बताउनुभएको छ ।

सांसद दवाडीले आज संसदमा बोल्दै गण्डकी प्रदेशमा प्राइभेट फर्म दर्ता गर्न बनेको विद्येयकले जनतालाई फर्म दर्ता गर्न जनतालाई सहज बनाएको बताउनुभयो । “विद्येयकले उद्योग तथा कारखाना दर्ता गर्न केन्द्र धाउनुपर्ने परम्पराको अन्त्य गरेको छ,”– उहाँले भन्नुभयो । अब फर्म दर्ता जिल्लास्तरिय घरेलु कार्यालयबाट हुने उहाँको भनाई थियो ।

सांसद दवाडीले फर्म सञ्चालन गरेर चल्न नसकेको अवस्थामा फर्म खारेज गर्न अफ्ठ्यारो हुने गरेको भन्दै नयाँ विद्येयकले यसलाई समेत सहज पारिदिएको बताउनुभयो ।

उक्त विद्येयक आएसँगै अव स्थानीय सरकारले राजश्व उठाउने भएकाले स्थानीय सरकारलाई सवल र सक्षम हुने बताउनुभयो । विद्येयकले महिला, दलित, अपाङ्ग, पिछडिएका वर्गले दर्ता गर्दा ५० प्रतिशत सहुलियत हुने भएकाले राम्रो भएको बताउनुभयो । अब अनलाइनबाट समेत फर्म दर्ता गर्ने व्यवस्थाले थप सहज भएको उहाँको भनाई थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु