• ३०० घरधुरी बिपन्न परिवारलाई एनआरएनए बाट राहत सामग्री हस्तान्तरणश्रममन्त्री श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री अवारबीच भेटवार्ताखेलकुद मन्त्रीको स्वागतसुमनको सहयोगबाग्मती प्रदेशमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयले आह्वाननेप्से आज १८.०६ अंकले बढेर दुई हजार ७ सय ६९ दशमलब १३ विन्दुमापछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टिआपसी समझदारीमा नै न्यायालयको समस्या समाधान गर्नुपर्छ, भोलिसम्म सोलुसन निस्कियोस भन्ने शुभेच्छा छ’ : पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीPakistan Embassy helds talk Programme on Kashmir Disputeयस्तो छ आज देशभरिको मौसम पूर्वानुमान

    राष्ट्रिय केन्पोको तयारी पूरा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार १७:४२

    काठमाडौं, असोज ६ गते ।नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा हुने राष्ट्रिय केन्पो खुकुरी मार्सल आटर््स च्याम्पियनसिपको तयारी पूरा भएको छ ।
    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबारदेखि हुने प्रतियोगिताको तयारी पूरा भएको बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष पूर्णप्रसाद पाण्डेले जनाएका छन् ।
    प्रतियोगितामा सातै प्रदेशबाट करिब १ सय खेलाडीको सहभागिता रहने बताइएको छ । विभिन्न ४ विधामा प्रतिस्पर्धा हुने छ । फुल केन्पो, सेमि केन्पो, सेल्फ डिफेन्स र खुकुरी काताअन्तर्गत विभिन्न स्पर्धामा खेल खेलाइने छ ।
    फुल र सेमि केन्पोअन्तर्गत विभिन्न तौलसमूहमा खेल खेलाइने छ । सेल्फ डिसेन्सतर्फ प्रदर्शनी खेल मात्र हुने छ । सहभागीको खाना र बसोवासको प्रबन्ध संघले व्यवस्था गरेको आयोजकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु