• विमानस्थलको श्रम डेस्कमा मन्त्री श्रेष्ठको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशनभष्ट्राचार मुक्त राज्य सन्यन्त्र र सेवा मुखी प्रशासनको कल्पनामा नै आगामी चुनाबमा स्थापित हुने आधार हुनरोटरी क्लब अफ कपनले विश्व पोलियो दिवस मनायो "पछिल्लो २४ घण्टामा देशैभरी थपिए ५५७ कोरोना संक्रमित, ३ जनाको मृत्युआज बजार परिसूचक २७ दशमलव ५१ अकंले बढेर समग्र परिसूचक २५८४ दशमलव ५२ बिन्दुमाआबुधाबी डाइलग’ मा सहभागि हुन मन्त्री श्रेष्ठ सहितको टोली दुबई प्रस्थानबैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई काठमाण्डौं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुमा १५% छुटमनीष र रोनिशा पहिलोजिम्न्याष्टिक टोलीको बिदाइमिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१' को ताज रोजक र सुहानीको शिरमा

    प्याब्सन काठमाडौँ महानगरपालिकाको अधिवेशन असोज १६ गतेलाई स¥यो

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार ०७:१७

    काठमाडौँ, ७ असोज । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) काठमाडौँ महानगरपालिकाको अधिवेशन असोज १६ गतेलाई सरेको छ । यसअघि असोज ९ गते हुने भनिएको अधिवेशन विशेष कारण असोज एक हप्ता अर्थात् असोज १६ गतेलाई सरेको हो ।

    काठमाडौँ महानगरपालिकाभित्रका निजी विद्यालयको छाता सङ्गठनका रुपमा रहेको ‘प्याब्सन मेट्रो’को दोस्रो अधिवेशन असोज १६ गते शनिबार काठमाडौँ ब्याङक्वेट थापागाउँ बानेश्वरमा हुन लागेको हो ।

    प्याब्सन प्रचारप्रसार प्रमुख एवम् महर्षी स्कूल सामाखुशीका प्राचार्य निर्मल पौैडेलले दुई वर्षे कार्यकालका लागि आगामी असोज १६ गते दोस्रो अधिवेशन हुन लागेको जानकारी दिनुभयो ।

    यसभन्दा पहिले २०७५ मङ्सिरमा पहिलो अधिवेशन सम्पन्न भएको थियो । दुई वर्षे कार्यकाल रहने उक्त अधिवेशनमा काठमाडौँ महानगरपालिकाभित्रका ३५० विद्यालयको सहभागिता रहने प्याब्सन काठमाडौँ महानगरपालिकाका अध्यक्ष मुरारीप्रकाश सञ्जेलले जानकारी दिनुभयो ।

    प्याब्सन काठमाडौँ महानगरपालिकाले महानगरपालिकाभित्रका ३२ वडामा रहेका नीजि विद्यालयमा विद्यालय सञ्चालनमा परेका समस्या र शैक्षिक क्षेत्रको गुणस्तरको बारेमा छलफल चलाउँदै आएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु