दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

डा. आदित्य जोशीको नयाँ गीत ‘मिठा मिठा बात’ सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ आश्विन ७ गते, बिहीबार ९:२७

नमराज भट्ट
काठमाडौं, ०७ असोज २०७८

वरिष्ठ बालरोग विशेषज्ञ डा. आदित्य जोशीको नयाँ गीत ‘मिठा मिठा बात’ सार्वजनिक भएको छ।

पेशाले चिकित्सक समेत रहेका डा.जोशीको उक्त गीतमा गायिका नेहारिका ज्ञवाली र गायक प्रताप दासले स्वर दिएका छन्। अमेरिकी नागरिक नन्दन नयरको संगीत तथा एरेन्ज रहेको मिठा मिठा बात बोलको गीतमा निकै साथ दिइएको छ।

गीतको म्युजिक भिडियो पनि निकै राम्रो बनेको छ। प्रभावनले निर्देशन गरेको उक्त गीतको म्युजिक भिडियोमा सन्तोष बानियाँ र नेहारिकाको नृत्य रहेको छ।
भिडियोको छायांकन ज्ञानेन्द्र शर्माले गरेका हुन्।

डा. जोशीका पुराना गीत देशको लागि आउँछ मलाई याद भन्ने बोलको गीत पहिले निकै राम्रो चर्चामा आएको थियो।
यस्तै गरी हिन्दीमा पनि देश कि लागेहे मोह याद र लम्बी हाये जस्ता गीतहरु पनि पहिला सार्वजनिक भइसकेका छन्।

डा. जोशी ‘मिठा मिठा बात’ गीतबाट माया प्रेम, सदभावको विकास, सुख दुख गरेर सँगै बस्न जस्ता शब्द सँग मेल खाएको बताउँछन्।‌ यो गीत यूट्युब च्यानलबाट पनि सार्वजनिक भएको छ।

सुदुरपश्चिमको बैतडी जिल्लामा जन्मिएका डा. जोशी निकै सहयोगी, मिलनसार र सामाजिक अभियान्ताको रुपमा परिचित छन। हाल डा. जोशी बिगत एक दशक देखि अमेरिकामा हुनुहुन्छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु