• सलोनी शंकल्प स्नेह छात्रवृत्ति कोष ५१६७०हेर्नुस् आज मिति २०७८साल कार्तिक १ गते, साेमवारको राशिफलराष्ट्रिय फुटबल टोलीको प्रदर्शनले नयाँ आशा जगाएको छः युवा तथा खेलकुदमन्त्री गहतराजदशैंमा बिदापछि आजबाट सरकारी कार्यालय खुल्ला हुनेआईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आजबाट शुरु हुँदैविजया दशमीको तेस्रो दिन आज पनि आफन्तजन तथा मान्यजनबाट टीका लगाउने र आर्सीवाद लिनेक्रम जारीगएराति काठमाडौं उपत्यकालगायत देशका विभिन्न भूभागमा हावाहुरीसहित वर्षादशै पछि प्रकृतिसंग एकछिनPakistan emphasizes to scale up investment in sustainable, resilient water infrastructureदसैँको पहिलो टीका लगाइसकेका जिल्लाका किसानलाई अहिले धान काट्न भ्याइनभ्याई

    दाहाल र केडियाको अर्थमन्त्रीलाई सुझाव : कृषिमा विदेशी लगानी ल्याउँदा बिचार गर्नुपर्ने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार १७:०७

    काठमाडौ ।त्रिभुवन विश्वविद्यालय केन्द्रिय अर्थशास्त्र विभाग र परिसंघले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहल र निवर्तमान अध्यक्ष सुमित केडियाले आत्मनिर्भर भएका, आत्मनिर्भर उन्मुख कृषि क्षेत्रमा कुनै हालतमा पनि विदेशी लगानी ल्याउन नहुने कुरामा जोड दिए । नेपालमा लगानीको कुनै कमि नै होइन । यहाँ त लगानीको लागी वातावरणको कमि हो । लगानी मैत्री निति नियम ल्याउने हो भने यहाँ लगानी जति पनि आउँछ । एउटा कुनै कम्पनीको आइपियो खुल्यो भने ५०औं गुणा बढी रकम उठ्छ । त्यसकारण अब हामीले यदि यो देशको विकास गर्ने र कृषि क्षेत्रमा आत्मनिर्भर बन्ने हो भने लगानी होइन प्रविधि भित्र्याउनु पर्छ । यसो गर्दा यहिँका जनताले रोजगार पाउने र स्वदेशमै रकम परिचालन हुनेछ भन्ने कुरा दाहाल र केडियाले बताए ।

    सो कार्यक्रममा नेपाल डेरी एसोसिएसनको तर्फबाट अर्थ मन्त्री शर्मालाई बिदेशी लगानी आउँदा पर्ने असर र केहि सुझाव समेटिएको पत्र हस्तान्तरण गरिएको थियो । सो पत्रमा समाबेश गरिएका बुँदाहरु निम्नानुसार थिए ।

    लगानी प्रवर्द्धनका लागि स्थापना गरिएको एकद्वार प्रणाली ठिक भएता पनि सरोकारवालाहरु र संबन्धित मन्त्रालयको स्वीकृत अनिवार्य गरिनुपर्ने ।
    जति नै लगानी आउने भए पनि सरोकारवाला र संबन्धित मन्त्रालयबाट अनिवार्य स्वीकृत गराउनै पर्ने ।कुनै पनि क्षेत्रमा विदेशी लगानी ल्याउँदा त्यसबाट स्वदेशी उद्योगलाई पर्न जाने असरको जिम्मा राज्यले लिनु पर्ने ।

    पहिले स्वदेशी उद्योगलाई सक्षम बनाई बल्ल अन्य देशको लगानी ल्याउन लाग्नुपर्ने । आत्मनिर्भर भएका र आत्मनिर्भर उन्मुख क्षेत्रमा भने विदेशी लगानी ल्याउन नहुने । विदेशी लगानी ल्याउँदा गरिने व्यवहार स्वदेशी उद्योगलाई पनि गरिनुपर्ने ।

    राज्यले लगानी लगाउन नसक्ने र जनताको इच्छा नहुने क्षेत्रमा मात्र विदेशी लगानी ल्याउनु पर्ने ।कृषिमा विदेशी लगानी रोकी स्वदेशी उद्योग र यहाँका किसानलाई जोगाऔं ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु