• ३०० घरधुरी बिपन्न परिवारलाई एनआरएनए बाट राहत सामग्री हस्तान्तरणश्रममन्त्री श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री अवारबीच भेटवार्ताखेलकुद मन्त्रीको स्वागतसुमनको सहयोगबाग्मती प्रदेशमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयले आह्वाननेप्से आज १८.०६ अंकले बढेर दुई हजार ७ सय ६९ दशमलब १३ विन्दुमापछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टिआपसी समझदारीमा नै न्यायालयको समस्या समाधान गर्नुपर्छ, भोलिसम्म सोलुसन निस्कियोस भन्ने शुभेच्छा छ’ : पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीPakistan Embassy helds talk Programme on Kashmir Disputeयस्तो छ आज देशभरिको मौसम पूर्वानुमान

    पछिल्लो २४ घन्टामा थप १२३९ जनामा कोरोना संक्रमण पुष्टि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार १८:५८

    काठमाडौं । नेपालमा आज १२३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२३९ जना संक्रमित भएका छन् भने निको हुनेको संख्या १३२४ रहेको छ ।पछिल्लो २४ घण्टामा पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको १५ हजार २४३ वटा नमुना परीक्षणमा देशैभरी १२३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    आज थपिएका १२३९ संक्रमितसँगै देशमा हालसम्म संक्रमित हुनेको संख्या ८ लाख ७८ हजार ६७२ पुगेको छ ।त्यसैगरी पछिल्लो २४ घण्टामा १३२४ जना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १३२४ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ५६ हजार ९५४ पुगेको छ ।

    त्यस्तै आज देशैभरी १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका१३ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ७२ पुगेको छ । केही दिनयता मृत्यु हुनेको संख्यामा पनि कमी आइरहेको छ ।

    नेपालमा हाल २० हजार ७४३ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये १९ हजार ४३७ जना होमआइसोलेशन र १३०६ जना संस्थागत आइसोलेशन सेन्टरमा रहेका छन् ।हाल देशका विभिन्न अस्पतालका आइसीयुमा ३४० र भेन्टिलेटरमा १११ जनाको उपचार भइरहेको स्वास्थ्यमन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

    नेपालमा हालसम्म ६२ लाख ९३ हजार ८९ जनाले पहिलो मात्रा र ५८ लाख ६० हजार ९२९ जनाले पूर्णमात्राको खोप लगाइसकेका छन् । पछिल्लो २४ घण्टामा १ लाख ३८ हजार ३८५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु