• सलोनी शंकल्प स्नेह छात्रवृत्ति कोष ५१६७०हेर्नुस् आज मिति २०७८साल कार्तिक १ गते, साेमवारको राशिफलराष्ट्रिय फुटबल टोलीको प्रदर्शनले नयाँ आशा जगाएको छः युवा तथा खेलकुदमन्त्री गहतराजदशैंमा बिदापछि आजबाट सरकारी कार्यालय खुल्ला हुनेआईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आजबाट शुरु हुँदैविजया दशमीको तेस्रो दिन आज पनि आफन्तजन तथा मान्यजनबाट टीका लगाउने र आर्सीवाद लिनेक्रम जारीगएराति काठमाडौं उपत्यकालगायत देशका विभिन्न भूभागमा हावाहुरीसहित वर्षादशै पछि प्रकृतिसंग एकछिनPakistan emphasizes to scale up investment in sustainable, resilient water infrastructureदसैँको पहिलो टीका लगाइसकेका जिल्लाका किसानलाई अहिले धान काट्न भ्याइनभ्याई

    एनआरएनएको विवाद परराष्ट्रले हेर्न पाउने, सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार २०:३५

    काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनएको विवाद परराष्ट्र मन्त्रालयले हेर्न नपाउने दाबी गरिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । बुधबार न्यायाधीश दीपक कुमार कार्कीको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । अमेरिकामा बसोबास गर्ने रविनराज बज्राचार्यले दायर गरेको रिटमा एनआरएनएको विषयमा लेखा बाहेक अरु मामिलामा परराष्ट्रले हेर्न नमिल्ने भनेर परमादेशसहित अन्तरिम आदेश मागदाबी गरिएको थियो । बज्राचार्य गत एनआरएनए एनसिसि अमेरिकाको चुनावमा कृष्ण लामिछानेको प्यानलबाट आईसिसि सदस्यमा पराजित व्यक्ति हुन । बज्राचार्य अदालतमा उपाध्यक्ष बद्रि केसि,महासचिव हेमराज शर्मा र सचिव गौरी जोशीले एनआरएनएमा गरेको मनोमानिको समर्थनका लागी पुगेका थिए ।

    उनले संघको बर्तमान समितिको बचाउ गर्दै उक्त समितिबिरुद्द पररास्ट्रलगायत कुनै पनि निकायमा जान पाईदैन भनि गरेको मागलाई अदालतले अस्वीकार गरेको हो । बज्राचार्य आफनो प्यानलको मनोपोली अन्त्य हुने डरले अदालत पुगेका थिए तर उनको समूह असफल भएको छ । संघको दशौँ महाधिवेशनमा प्रतिनिधि छनोट गर्दा व्यापक धांधली गरिएको भनेर परराष्ट्र मन्त्रालयमा केहि दिनपहिले उजुरी परेपछी पररास्ट्रले संघका अध्यक्ष कुमार पन्तलाई बोलाई त्रुटी सच्याउन निर्देशन दिएको छ ।

    “सर्वोच्चले परमादेश जारी गर्न अस्वीकार गरेर परराष्ट्र मन्त्रालयले एनआरएनएमा भएका अनियमितताहरु छानबिन गर्न पाउंछ भन्ने कानूनतः पुष्टि भएको छ,” निवेदकहरु मध्ये एक एनआरएनए अमेरिकाका सल्लाहकार बेद खरेलले भने । “अब संघको संरक्षक परिषदले परराष्ट्र मन्त्रालयले दिने प्रतिवेदनलाई इमान्दारीपूर्वक कार्यान्वयन गर्ने छ भन्ने हामीले विश्वास लिएका छौं ।” खरेल सहित मानार्थ सदस्य नवराज ओली (शनि) कतार र आइसीसी पूर्व सचिव जानकी गुरुङले पररास्ट्र मन्त्रालयमा धाँधलीको प्रमाणसहित उजुरी दर्ता गराए पछि गत १० सेप्टेम्बरमा मन्त्रालयले तीन सदस्यीय अनुगमन समिति गठन गरेको थियो ।

    उक्त समितिले संघका अध्यक्ष कुमार पन्त, संघका प्रमुख कार्यकारी अधिकृत राजेश राणा तथा उजुरीकर्ताहरुसँग छुट्टा छुट्टै बयान लिएको थियो । समितिले छिट्टै प्रतिवेदन बुझाउने समेत बताएको छ । संघको केन्द्रीय सचिवालयले संघको विधानलाई आफूखुसी ब्याख्या गर्ने, आफ्नो अनुकूल नरहेका एनसीसीहरुलाई विनाकारण दुख दिने, विभिन्न देशबाट छानिएर आउने प्रतिनिधिमा दोहोरो तेहोरो मापदण्ड अपनाउने काम गरिएको निवेदकहरुले दावी गरेका थिए । सन २००३ मा स्थापना भएको गैर आवासीय नेपाली संघ नेपाल सरकार परराष्ट्र मन्त्रालयमा दर्ता भएको संस्था हो । यसैबीच बिहीबार ‘खुला डबली’ मा बोल्दै संघका केन्द्रीय सल्लाहकार तथा २०२१-२३ का लागि अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले परराष्ट्र मन्त्रालय विरुद्ध अदालतमा मुद्दा हाल्ने काम लज्जास्पद भएको बताए । उनले परराष्ट्र मन्त्रालयले छानबिन शुरु गरे पछि संघ शुद्धिकरणको बाटो तर्फ लागेको पनि जनाए । उनले आफुले गैरआवासीय नेपाली संघभित्र रहेका विकृतिहरु सुधार गरेर अरु राम्रो संघ बनाउने अभियानमा रहेको जनाउदै यो अभियानमा सबै सच्चा गैरआवासीय नेपालीहरुले सहयोग गर्नु हुने छ भन्नेमा विश्वास लिएको बताए ।

    via jansawal

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु