• हेर्नुस् आज मिति २०७९ साउन २४ गते, मंगलवारको राशिफलसाइप्रसवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु मा गैरआवसिय नेपाली संघ साइप्रसको अत्यन्तै जरुरी सूचना।नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालोपछिल्लो २४ घण्टामा ९३४ जनामा कोरोना संक्रमणबैंक अफ काठमाण्डू लिमिटेडको रिकरिङ्ग र रिभर्स रिकरिङ्ग खाता सार्वजनिकटिएमएस मार्फत खरिद गरिएको सेयर रकम अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिनेदिपेन्द्र सोनाम भए द फ्लीक मोडलको बिजेताप्रिती र राजेशको नयाँ तिज गित 'भेलु बाजे डान्स' सार्बजनिक(भिडियो सहित)मन्त्री श्रेष्ठ स्वयम्भु भगवानको दर्शन गरी स्वयम्भू महाचैत्यको परिक्रमानेपाली जनसम्पर्क समिति साइप्रसको दोस्रो महाधिवेशन भब्यता को साथ सम्पन्न ,सभापतिमा पुष्पा मिश्र सर्वसम्मत चयन ।

    फुल कन्ट्याक्ट कराते भोलि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार १७:५९

    काठमाडौं, असोज ८ गते ।इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते नेपाल (आईएफकेके) को आयोजनामा तेश्रो राष्ट्रिय आईएफकेके तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता शनिबार हुने भएको छ ।
    प्रतियोगितामा सातै प्रदेशका १ सय ७० खेलाडीको सहभागिता रहने आईएफकेकेका अध्यक्ष घनश्याम श्रेष्ठले जनाएका छन् । पुरुषमा ५ र महिलामा १ गरी ६ स्पर्धामा प्रतिस्पर्धा हुने छ । पुरुषमा ३० केजीमुनि, ३५ केजीमुनि, ४५ केजीमुनि, ५० केजीमुनि र ६५ केजीमुनि तौलसमूहमा खेल हुने आईएफकेकेका ब्रान्च चिफ प्रेम लामाले जानकारी गराए । महिलामा खुला तौलसमूहमा भिडन्त हुने छ ।
    प्रत्येक तौलसमूहमा नगद पुरस्कारको व्यवस्था रहेको ब्रान्च चिफ लामाले जनाएका छन् । एकदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा खेलाइने छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु