• विमानस्थलको श्रम डेस्कमा मन्त्री श्रेष्ठको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशनभष्ट्राचार मुक्त राज्य सन्यन्त्र र सेवा मुखी प्रशासनको कल्पनामा नै आगामी चुनाबमा स्थापित हुने आधार हुनरोटरी क्लब अफ कपनले विश्व पोलियो दिवस मनायो "पछिल्लो २४ घण्टामा देशैभरी थपिए ५५७ कोरोना संक्रमित, ३ जनाको मृत्युआज बजार परिसूचक २७ दशमलव ५१ अकंले बढेर समग्र परिसूचक २५८४ दशमलव ५२ बिन्दुमाआबुधाबी डाइलग’ मा सहभागि हुन मन्त्री श्रेष्ठ सहितको टोली दुबई प्रस्थानबैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई काठमाण्डौं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुमा १५% छुटमनीष र रोनिशा पहिलोजिम्न्याष्टिक टोलीको बिदाइमिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१' को ताज रोजक र सुहानीको शिरमा

    बागमती च्याम्पियन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार १४:११

    काठमाडौ ।बागमती प्रदेशले प्रथम राष्ट्रिय केन्पो खुकुरी मार्सल आटर््स च्याम्पियनसिपको उपाधि जितेको छ । ७ स्वर्णसहित बागमती समग्रमा टिम च्याम्पियन बन्यो ।

    नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघद्वारा आयोजित प्रतियोगितामा ६ स्वर्णसाथ सुदूरपश्चिम प्रदेश दोश्रो भयो । तेश्रो स्थानको कर्णाली प्रदेशले ३ स्वर्ण हात पा¥यो । लुम्बिनी प्रदेश र प्रदेश २ ले समान १–१ स्वर्ण जिते ।

    प्रतियोगिताअन्तर्गत फुल केन्पोको पुरुष ४५–४९ केजीमा प्रदेश २ का विशाल कुसुवार तथा ५०–५४ केजीमा बागमतीका हिमाल बलले स्वर्ण जिते ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको सेमी केन्पोतर्फ महिला ५०–५४ केजीमा कर्णालीकी निरुता कोइराला तथा ५५–५९ केजीमा बागमतीकी शितल बोहरा पहिलो भए ।

    समूहगत काताको पुरुषमा सुदूरपश्चिम पहिलो, कर्णाली दोश्रो तथा लुम्बिनी र प्रदेश २ तेश्रो भए । सोही स्पर्धाको महिलामा बागमतीले स्वर्ण, लुम्बिनीले रजत तथा कर्णाली र प्रदेश २ ले कांस्य हात पारे ।

    प्रतियोगिता सञ्चालका लागि मुख्य जज सन्जितकुमार राईको नेतृत्वमा जज सिद्धार्थ लामा, जज उद्धव थापा मगर, जज रमेश महर्जनलगायत १५ सदस्यीय प्राविधिक टोली परिचालन गरिएको थियो ।

    विजेतालाई आयोजक संघका अध्यक्ष पूर्णप्रसाद पाण्डेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा प्रदेश १ बाहेक विभिन्न ६ प्रदेशका १ सय खेलाडीले २० स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु