• विमानस्थलको श्रम डेस्कमा मन्त्री श्रेष्ठको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशनभष्ट्राचार मुक्त राज्य सन्यन्त्र र सेवा मुखी प्रशासनको कल्पनामा नै आगामी चुनाबमा स्थापित हुने आधार हुनरोटरी क्लब अफ कपनले विश्व पोलियो दिवस मनायो "पछिल्लो २४ घण्टामा देशैभरी थपिए ५५७ कोरोना संक्रमित, ३ जनाको मृत्युआज बजार परिसूचक २७ दशमलव ५१ अकंले बढेर समग्र परिसूचक २५८४ दशमलव ५२ बिन्दुमाआबुधाबी डाइलग’ मा सहभागि हुन मन्त्री श्रेष्ठ सहितको टोली दुबई प्रस्थानबैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई काठमाण्डौं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुमा १५% छुटमनीष र रोनिशा पहिलोजिम्न्याष्टिक टोलीको बिदाइमिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१' को ताज रोजक र सुहानीको शिरमा

    एपेक्स एजुकेशनल एकेडेमीद्धारा छात्रावृत्तिको घोषाणा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० आश्विन २०७८, आईतवार ०२:५३

    ९ असोज २०७८ शर्मिला विश्वकर्मा, काठमाण्डौं

    एपेक्स एजुकेशनल एकेडेमी (AEA) ले विभिन्न निकायहरुमा स्थाई सेवा प्रवेशका लागि तयारी कक्षामा सहभागी विद्यार्थीलाई छात्रावृत्ति प्रदान गर्ने घोषणा गरेको छ । यस एकेडेमिको २३ औं वार्षिक उत्सबको अवसरमा आज काठमाण्डौंमा आयोजित पत्रकार सम्मेलनमा प्रत्येक प्रदेशबाट ७ जना गरी ४९ जना विद्यार्थीहरुलाई पूर्ण निःशुल्क छात्रावृत्ति प्रदान गर्ने कुरा जानकारी गराइएको थियो ।
    एपेक्स एजुकेशनल एकेडेमी (AEA) एकेडेमिको २३ औं वार्षिक उत्सबको अवसरमा काठमाण्डौंमा आयोजित पत्रकार सम्मेलनमा एकेडेमिका अध्यक्ष हरीप्रसाद पौडेलले छात्रावृत्तिको विषयमा जानकारी दिनु भएको थियो । यसै क्रममा उहाले यस एकेडेमिकले विगत २ दशक भन्दा लामो समय देखि लोकसेवा आयोग अन्तर्गत संघ, प्रदेश, लगायत त्रि.वि. सेवा, शिक्षक सेवा, सुरक्षा सेवा, इन्जिनियरिङ सेवा, स्वास्थ्य सेवाका साथै बैङकिङ सेवा तर्फ नेपाल राष्ट्र बैंक, राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक, कृषि बैंक, लगायतका बैंकिङ् क्षेत्र, नेपाल टेलिकिम, सञ्चयकोष, विद्युतप्राधिकरण लगायतका निकायहरुमा स्थाई सेवा प्रवेशका लागि आवश्यक तयारी कक्षाहरु सञ्चालन गर्दै आएको र उत्कृष्ट नतिजा प्राप्त गर्न पनि सफल भएको बताउनु भयो ।


    सो पत्रकार सम्मेलनमा यस संस्थाद्धारा सञ्चालित चिकित्सा शिक्षा र इन्जिनियरिङ तर्फको पूर्व तयारी कक्षामा सहभागी हुने र कोरोना प्रभावित तथा नेपाल सरकारले निर्धारण गरेको आरक्षित समुहलाई छात्रावृत्ति उपलब्ध गराइने समेत जानकारी गराइएको थियो ।
    कार्यक्रममा प्रत्येक प्रदेशबाट ७ जना गरी ४९ जनालाई पूर्ण नि:शुल्क छात्रवृत्ति प्रदान गरिने, अन्य सम्पूर्ण अध्यनरत विद्थार्थीहरुलाई यो सत्रको लागि ५० प्रतिशत छुटको व्यवस्था गरिने पनि बताइएको थियो । यस छात्रवृत्तिमा सहभागी हुनका लागि सरकारी वा नीजि विद्यालयबाट कक्षा ११ वा ३ वर्षे डिप्लोमा (CTEVT) कोर्ष उत्तिर्ण गरेका नेपाली नागरिकहरुले यही कार्तिक १० गते भित्रमा भौतिक उपस्थिति वा अनलाइनबाट नाम दर्ता गराइ सक्नु पर्ने कुरा पनि जानकारी गराइएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु