• विमानस्थलको श्रम डेस्कमा मन्त्री श्रेष्ठको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशनभष्ट्राचार मुक्त राज्य सन्यन्त्र र सेवा मुखी प्रशासनको कल्पनामा नै आगामी चुनाबमा स्थापित हुने आधार हुनरोटरी क्लब अफ कपनले विश्व पोलियो दिवस मनायो "पछिल्लो २४ घण्टामा देशैभरी थपिए ५५७ कोरोना संक्रमित, ३ जनाको मृत्युआज बजार परिसूचक २७ दशमलव ५१ अकंले बढेर समग्र परिसूचक २५८४ दशमलव ५२ बिन्दुमाआबुधाबी डाइलग’ मा सहभागि हुन मन्त्री श्रेष्ठ सहितको टोली दुबई प्रस्थानबैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई काठमाण्डौं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुमा १५% छुटमनीष र रोनिशा पहिलोजिम्न्याष्टिक टोलीको बिदाइमिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१' को ताज रोजक र सुहानीको शिरमा

    ५४ जिल्लामा कांग्रेसको पालिका अधिवेशन सम्पन्न

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० आश्विन २०७८, आईतवार ०७:५१

    काठमाडौं –सत्तारुढ कांग्रेसले शनिबार ६४ जिल्लामा पालिका अधिवेशन हुने बताए पनि ५४ जिल्लामा पालिका तहको अधिवेशन गरेको छ । वडा अधिवेशन भइसकेका ६४ जिल्लामध्ये १० जिल्लामा भने शनिबार अधिवेशन हुन नसकेको कांग्रेस निर्वाचन समितिले जानकारी दिएको छ । १० जिल्लामा शनिबार तयारी नपुगेका कारण क्रमशः गर्ने गरी जिल्ला निर्वाचन अधिकृतले नै मिति तोकेका छन् । कतिपय ठाउँमा भने मतदाता नामावली नै तयार नभइसकेका कारण अधिवेशन हुन सकेको छैन ।
    केन्द्रीय निर्वाचन समितिले शनिबार ५४ जिल्लामा गाउँपालिका र नगरपालिकास्तरीय कार्यसमितिको अधिवेशन शुरु भएको जनाएको छ ।

    समितिका सदस्य एगराज पोखरेलले कतिपय ठाउँमा सहमतिबाटै नेतृत्व चयन भएको र कतिपय ठाउँमा निर्वाचन प्रक्रिया अघि बढेको जानकारी दिएका छन् । ‘कहाँ–कहाँ भइसक्यो भन्ने यकिन तथ्यांक तयार भइसकेको छैन । तर, शनिबार ५४ जिल्लामा एकैसाथ पालिका तहको अधिवेशन शुरु भएको छ । शनिबारै नसकिए पनि एक–दुई दिनभित्रै ती ठाउँमा अधिवेशन भइसक्छ,’ पोखरेलल सुनाए ।
    शनिबार काठमाडौं, काभ्रे, सिन्धुपाल्चोकलगायत जिल्लामा भने अधिवेशन हुन सकेन । काठमाडौंमा कतिपय वडामा निर्वाचनको अन्तिम परिणाम नै आइनसकेका कारण पालिका तहको अधिवेशन १६ असोजका लागि तोकिएको छ । सिन्धुपाल्चोकमा भने अर्को मिति नतोकिएसम्मका लागि स्थगित छ । केन्द्रीय निर्वाचन समितिले शनिबार अधिवेशन हुन नसकेका ठाउँमा सम्बन्धित स्थानीय तहमा खटिएका निर्वाचन अधिकृतलाई नै पुनः मिति तोक्ने र अधिवेशन गराउने अधिकार दिएको छ ।

    निर्वाचन अधिकृतहरुले परिवेशअनुसार सहमतिबाट मिति तोकेर केन्द्रीय कार्यतालिकामा प्रभाव नपर्ने गरी अधिवेशन गराउँछन् । हामीले यहाँबाट तोकिएको मिति एउटा फ्रेम एरियामात्रै हो,’ निर्वाचन समितिका सदस्य पोखरेलले भने । उनका अनुसार पहाड र तराईका जिल्लामा भने दशैंअघिसम्म पालिका अधिवेशन गराए हुने अवस्था छ । तर, हिमाली जिल्लामा भने १२ गते प्रदेशसभा क्षेत्रस्तरीय अधिवेशन भएकाले त्यो मितिभन्दा अगाडि नै अधिवेशन गरिसक्नुपर्ने दबाब छ । कांग्रेसले हिमाली जिल्लामा दसैं अगावै जिल्ला तहसम्मकै अधिवेशन गरिसक्ने भनेको छ ।
    वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ७५३ वटै स्थानीय तहमा एकै दिन अधिवेशन गर्नुपर्ने प्रस्ताव गरे पनि वडा अधिवेशन भइसकेका जिल्लामा समेत अधिवेशन हुन सकेन । अझ १३ जिल्लामा क्रियाशील सदस्यकै टुंगो लागेको छैन । हिमाली जिल्लामा भने १२ असोजमा प्रदेशसभा क्षेत्र, १५ असोजमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र एकमात्र क्षेत्र भएका जिल्लाको अधिवेशन तथा १८ असोजमा दुई वा सोभन्दा बढी क्षेत्र भएका जिल्लाको अधिवेशन हुनेछ । कांग्रेसको आगामी मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ ।

    यसैबीच कांग्रेसले पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्र र जिल्ला कार्यसमितिमा केन्द्रबाट पठाइएको सूचीमा हालको व्यवस्थाअनुसार उक्त तहहरूमा प्रतिनिधित्व नभएको भएमा क्षेत्रीय प्रतिनिधिमध्येबाट कम्तीमा एक दलित सदस्य र मधेशी वा थारु वा मुस्लिम वा अल्पसङ्ख्यक वा अपाङ्गता भएका व्यक्ति मध्येबाट एक सदस्य थप निर्वाचित हुने व्यवस्था गर्ने निर्णय गरेको छ ।
    शुक्रबारको पार्टी पदाधिकारी एवं पूर्वपदाधिकारीसहितको छलफलबाट प्रदेश सभा निर्वाचन क्षेत्रमा केन्द्रबाट पठाइएको सूचीमा हालको व्यवस्थाअनुसार ती तहमा प्रतिनिधित्व नभएको भएमा क्षेत्रीय प्रतिनिधि मध्येबाट प्रदेश अधिवेशन प्रतिनिधिमा एक दलित र मधेशी वा थारु वा मुस्लिम वा अल्पसङ्ख्यक वा अपाङ्गता भएका व्यक्तिमध्येबाट एक जना थप निर्वाचित हुने व्यवस्था गरिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यसैगरी प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा केन्द्रबाट पठाइएको सूचीमा हालको व्यवस्थाअनुसार माथि उल्लेखित तहमा प्रतिनिधित्व नभएको भएमा क्षेत्रीय प्रतिनिधिमध्येबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा एक दलित र मधेशी वा थारु वा मुस्लिम वा अल्पसङ्ख्यक वा अपाङ्गता भएका व्यक्तिमध्येबाट एक जना थप निर्वाचित हुने व्यवस्था गरिएको छ ।

    स्वास्थ्य मापदण्ड पालना र्गन आग्रह

    प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबारदेखि प्रारम्भ भएको पार्टीको गाउँ÷नगर अधिवेशनमा कोभिड–१९ को महामारीका कारण स्वास्थ्य मापदण्ड पालना गरी अधिवेशनमा सहभागी हुन आग्रह गरेका छन् । उनले शनिबार एक सन्देशमार्फत गाउँ÷नगर अधिवेशनको प्रक्रियामा सहभागी पार्टीका नगर र गाउँका प्रतिनिधिप्रति स्वागत तथा शुभकामना व्यक्त गरेका छन् ।
    प्रतिनिधिको पार्टीप्रतिको विश्वास र प्रतिबद्धताले कांग्रेसलाई थप बलियो बनाउने उल्लेख गर्दै सभापति देउवाले जनताको मन जित्ने गरी नगर र गाउँपालिकामा आफ्नो भूमिकालाई प्रभावकारी बनाउने अपेक्षा गरेका छन् ।
    कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा शनिबारदेखि गाउँ÷नगर अधिवेशन प्रारम्भ हुँदैछ । हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको कांग्रेसले जनाएको छ । पार्टीका क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी १३ जिल्लामा भने अझै वडा अधिवेशन प्रारम्भ हुन सकेको छैन । कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु